सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु

   सल्यान : सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु भएको छ । अर्का एक जना बिरामी  भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनको चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो । श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमा शोभाको भने बिहान ज्यान गएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post