शिर्षक :- दुल्लु नगरी
बसन्त होस वा शिशिर हेर्ने हो भने स्वर्ग एहि हो भनी लाग्द छ जहाँ
साझ पख हेर्दा वरिपरि जमिनमै ताराहरु झिलिमिली यहाँ ।
यो हो दुल्लु नगरी ।
पन्चकोशी बिराजमान छ्न यहाँ
मनु ले जानू पर्दैन काशी यहाँ ।
चराचुरुङ्गी स्वयम संगीत गाउदछ्न
ध्वजा घण्टहरु ध्वनी बन्दछ
बनका मिर्गहरु जहाँ नाच्दछ्न ।
झुकाउनु परेन पकडी धर्म गद्दी का प्रभाब ले
लाडाइ हार्नु परेन कहिले मा बिजया का प्रभाब ले ।
खुसियाली ला निमित्त दशै तिहार पर्खनु पर्दैन यहाँ
रम्दछ्न मनु धर्म मा सदैब यहाँ ।
जडिबुटी खानी भएको स्थान
लक्ष्मण लाई बचाइदिने स्थान
सत्य भै ज्वाला बल्ने स्थान
रास्ट्र भाषा जन्माउने स्थान ।
यो हो हाम्रो दुर्लव्य नगरी
यो हो हाम्रो दुर्लभ नगरी
यो हाम्रो दुल्लु नगरी ।।
लेखकाे परिचय
रचनाकारः बिश्वास शाह
Post a Comment