सुर्खेत : नेपाली काँग्रेसका नेता एवम् सुर्खेत क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हृदयराम थानीले सुर्खेतको पश्चिम क्षेत्रको विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताएका छन् । चुनावी अभियान अन्तरगत पश्चिम सुर्खेतमा रहेका थानीले सधै पिछडिएको क्षेत्र भनिने पश्चिम सुर्खेतलाई अबको पाँच बर्षभित्र पूर्वाधार निर्माण एक नम्बरमै पु¥याउने बताए ।
गठबन्धनका उम्मेद्वारलाई विजय गराएको खण्डमा पश्चिम क्षेत्रको पूर्वाधार विकासमा ठूलो फड्को मार्ने बताए । पूर्वाधार विकासका लागि बड्डीचौर–बेनिघाट सडकको स्तरोन्नति, गुटुको सिमेन्ट उद्योग सञ्चालन र लखरपाटा सिमेन्ट उद्योग जस्ता ठूला आयोजनाहरु सञ्चालनका लागि पहल गर्ने बताए । गठबन्धनका उम्मेद्वार विन्दमान विष्टलाई विजय गराए उनले सरकारको नेतृत्व गर्ने वा मन्त्री हुने निश्चित भो भन्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । नेता थानीले यस क्षेत्रबाट आफूले प्रतिनिधित्व गरे यहाँको सडकलाई कालोपत्रे गराउने र पश्चिमका सबै गाउँमा विद्युत विस्तार गर्ने बताए ।
क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका थानीले अहिले पश्चिम सुर्खेतका तीनवटै पालिकाका विभिन्न वडामा पुगेर नेता तथा कार्यकर्ता र मतदाता भेटघाटलाई तिब्र पारेका छन् । चुनावी अभियानमा नेता थानीसहित सुर्खेत क्षेत्र नम्बर २ ख का उम्मेदवार विन्दमान विष्ट, समानुपातिक उम्मेदवार शिवराज जोशी, उपेन्द्रबहादुर थापा, राष्ट्रिय सभा सदस्य नरबहादुर विष्ट लगायत नेताहरु सहभागी छन् ।

Post a Comment