निरन्तर वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध

दैलेख : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा  माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएको सुर्खेत–दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेको छ । 

 

Post a Comment

Previous Post Next Post