मैत्रीपुर्ण खेल कर्णाली प्रदेश भलिबल संघले जित्यो

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रिपुर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश भलिबल संघले जितेको छ।

आज भएको फाइनल खेलमा कर्णाली प्रदेश भलिबल संघले नेपाल प्रहरीलालाई तिन एक सेटले जित हातपार्दै उपाधि रक्षा गरेको हो। भलिवल संघले २५­१६,२५­२३ र २५­१६ ले जित निकालेको जिल्ला भलिवल संघका अध्यक्ष मंगल श्रेष्ठले बताए।

निक्कै कडा प्रतिस्पर्धाका विच भएको खेलको दोस्रो सेटमा २५–२३ को अग्रता दिलाए पनि पछिल्ला तिन सेटमा भने प्रहरी झिनो अन्तरले हार व्यहोर्न बाध्य भयो ।

दशै तिहारको अवसरमा भएको मैत्रिपुर्ण खेलमा आयोजक भलिबलसंघले उपाधि स्वरुप ८२ किलोको खशी हात पारेको छ। उपविजेता बनेको नेपाल प्रहरी ४२ किलाको खशीमा चित बुझाएको छ।

चार टोली सहभागी प्रतियोगितामा नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लब भने समूह चरणबाटै बाहिरिएका हुन्। पहिलो खेलमा नेपाल प्रहरीले आर्मीलाई तिन एकको सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

पहिलो सेटमा आक्रमक बनेको आर्मीले पुलिसलाइ २५­१७ मा रोक्दै खेल एक्लौटी रुपमा जितेको अध्यक्ष श्रेष्ठले बताए।

दोस्रो सेटमा केही खेलाडी परिवर्रतन गरेको पुलिसले त्यसपछिका तिन वटा सेटमा लगातार जित हासिल गर्न सफल भयो।

प्रहरीले २५­१९, २५­१७ र २५­२२ को अन्तरले खेल जित्दै उपाधि नजिक पुगेको हो। भलिबल संघलले शसस्त्र प्रहरीको एपिएफ क्लबलार्इ हराउदै उपाधि भिडन्त पक्का गरेको हो।

Post a Comment

Previous Post Next Post