सुर्खेतमा डेंगीबाट ४२२ जना संक्रमित

 सुर्खेत : सुर्खेत वीरेन्द्रनगरमा डेंगीबाट ४२२ जना संंक्रमित भएका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर रेडजोनमा परेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको हो ।  

कर्णालीमा डेंगीबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ। कर्णाली प्रदेशभर डेंगी रोगबाट संक्रमितको संख्या ५ सय नाघेको छ। अनुसार डेंगी भाइरल ज्वरोबाट प्रदेशमा कुल ५४१ जना संक्रमित भएका छन।

सुर्खेतमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएका छन। सुर्खेतमा ४२२ डेंङ्गु रोगबाट संक्रमित छन् भने सल्यानमा २२ जना जुम्लामा २२ जना, कालिकोटमा २१ जना र दैलेखमा १४ जना संक्रमित छन।

त्यस्तै रूकुम पश्चिममा १८ जना, हुम्ला र डोल्पामा १(१ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतले डेंगी रोग नियन्त्रण फोकलप्रशन श्याम आचार्यले बताए। सुर्खेतमा पनि वीरेन्द्रनगर क्षेत्र डेंगी संक्रमणको रेडजोनमा रहेको छ। वीरेन्द्रनगरमा हालसम्म २०० भन्दा बढीलाई डेंगी बाट संक्रमित छन्।

यस्तैबीच डेंगुरोग नियन्त्रण सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया एवम् छलफल कार्यक्रम गरेको छ।कार्यक्रम प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले डेंगी मच्छर नियन्त्रण र विरामीलाई झुलभित्र राखेर उपचार गरेर गर्नुपर्ने बताएका छन । डेंगी रोग पोथी मच्छरको टोकाइकाट सर्ने रोग हो।

प्रायःविहान, दिउँसो र बेलुका यो मच्छर सबैभन्दा कढी सक्रिय हुन्छ।संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगी रोग फैलिने बताएका छन। गएको आर्थिक बर्षमा कर्णाली प्रदेशमा १४ जना प्रदेश बाहिरका सहित ७९६ जना संक्रमित भएका थिए।





Post a Comment

Previous Post Next Post