सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सल्यानको कुमाख गाउँपालिका ६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो।
ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment