राजनीतिकको फोहोर‌ सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्नु छ : सभापति लामिछाने

 सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिकको फोहोर‌ सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन ।

पार्टीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटि हलमा गरेको प्रदशे स्तरीय भेलामा बोल्दै रविले यस्तो बताएका हुन्।

प्रदेश भेलामा बोल्दै सभापति लामिछानेले राजनीतिकको फोहोर‌ सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए । उनले भने, ‘हालका राजनीतिक दलहरुले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नु बाहेक ‌विकल्प गरेनन्, देशको भविष्य निर्धारण गर्न विधिको शासन आवाश्यक हुन्छ। विधि मिच्नेहरुबाट देशको भविष्य खोज्न सकिँदैन ।’

लामिछानेले नेताहरुले गरेका गल्तीका एक–एक हिसाब जनताले खोज्नु पर्ने बताए । उनले भने, ‘हामीले यहीँ कर्णाली प्रदेशको कालीकोट जिल्लामा अस्पताल बनाउँदै गर्दा हाम्रो चिरीत्र हत्या गर्ने काम भयो । हामीले यात्रालाई रोकेनौं र आज सयौँ नागरिकले उपचार सेवा पाईरहेका छन् ।’

सभापति लामिछानेले यिनी विषयमा केन्द्रीतहुँदै कसैसँग पनि नडाउँने दाबी गरे । उनले भने, ‘म कसैसँग डराउँदिन् । मृत्युलाई समेत आँखै अगाडि भिडेर आएकाले मान्छे हो । भरोसा गर्न लायक मान्छे देशमा कुनै पनि आएनन् ।‌ त्यसैले मैदानमा आएको छु ।’



Post a Comment

Previous Post Next Post