सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सडकको अनुगमन गरेका छन् ।मन्त्री विष्टले समपुरक अनुदानबाट निर्माण हुन लागेको बराहताल वडा नं. ८ देखि वडा नं. ४ मा पर्ने हुड्के-केउरेनी-साजघाट-कुटा सडक खण्डको सोमबार चेपाङलाई तरंगासँग जोड्ने उद्देश्यका साथ स्तरोन्ती हुन लागेको करिव २० किलोमिटर सडकको मन्त्री विष्टले स्थलगत अनुगमन गरेका हुन् ।
टेण्डर पक्रियमा जान लागेको उक्त सडकको प्रारम्भिक लागत अनुमानका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इञ्जिनियरसहितको टोलीले अनुगमन गरेको हो ।
बहु वर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको उक्त सडक चार वर्षअघि टेण्डर पक्रियामा गएको थियो । तर, कोरोना महामारीका कारण टेण्डर पक्रिया रोकिन पुगेको थियो ।
प्राविधिक रिपोर्ट आएपछि मात्रै लागत रकम यकिन हुने उल्लेख गर्दै मन्त्री विष्टले भने । ‘आज हामीले प्राविधिकसहितको टोलीले स्थलगत अनुगमन गरेका छौं, लागत रकम एकिन भएपछि यहि महिनाको अन्यसम्म वा भदौंको पहिलो हप्ता टेण्डर आह्वान गर्ने गरी लागेका छौं ।’

Post a Comment