कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, विभिन्न कार्यक्रम गरि देउडा पर्व मनाउने

सुर्खेत : आज साउन १ गते आइतबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले असार १ गते मंगलबार एक सुचना जारी गर्दै साउन १ गते आइतबार साउँने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिन लागेको हो ।

आइतबार कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

Post a Comment

Previous Post Next Post