सल्यानमा सर्पले टोकेर किशोरको मृत्यु

 सल्यान : सर्पको टोकाइबाट यहाँका एक बालकको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-९ भंगेरी घर भई शारदा नगरपालिका-६ बरला बस्दै आएका १३ वर्षीय किशोर अर्जुन बस्नेतको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बस्नेतलाई बुधबार राति १० बजे सर्पले टोकेको थियो। आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरी बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा करिब ५स्३० बजेतिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताए।

Post a Comment

Previous Post Next Post