सुख्खा पहिरोले पुरिदा एक महिलाको मृत्यु, घाइतेहरुको हेलिकप्टरबाट उद्दार


सुर्खेत :
जिल्लाको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएको महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा परि अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको पुष्टि गरे ।

यस्तै, पहिरोमा परि घाइते भएका अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनका ७२ वर्षीय रतु कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो । घाइते रती कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिने जनाईएको छ ।

जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका समयमा सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरोमा परेका हुन् ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali