सुर्खेत : कर्णाली प्रदेशको कालीकोट जिल्लामा हाईस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । कालीकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः४५ बजेतिर दुर्घटना भएको हो ।
हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घटनाको पुरा विवरण भने आउन बाँकी रहेको छ ।

Post a Comment