कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

सुर्खेत : नेकपा माओवादीले कर्णाली प्रदेशमा मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । 

यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताउँछन् । ‘अझै पनि मुख्यमन्त्री गम्भीर नबने विकल्प सोच्न सकिन्छ,झ उनले भने । माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।

Post a Comment

Previous Post Next Post