साउन १७ गते सार्वजनिक बिदा दिने कर्णाली सरकारको निर्णय

 सुर्खेत : कर्णाली प्रदेशमा साउन १७ गते अर्थात नाग पञ्चमीका दिन सार्वजनिक बिदा हुने भएको छ। २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हे।


साउन १७ गते शुक्ल पञ्चमी नाग पञ्चमीको अवसरमा प्रदेशभर बिदा हुने भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा हुने भएको हो।

Post a Comment

Previous Post Next Post