सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरकै एउटा बस्ती अन्धकारमा बस्न बाध्य भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं १ को त्रिपुरेश्वर टोल साउन ३ गतेदेखि बिद्धुत सेवा नहुदा अन्धकारमा बस्न बाध्य भएको हो ।
बर्षौ देखि जिर्ण रहेको काठको पोल ढल्दा पुन मर्मत गर्न सरकारवालाले चासो नदेखाएपछि अन्धकारमा बस्न बाध्य हुनु परेको नागरिकहरुको गुनासो रहेको छ । हप्तौं देखि बत्ति नहुदा पढाईमा समेत बाधा भएको सोही ठाउँका बिद्यार्थी धिरेन्द्र सापकोटाले बताए छन् । उनी भन्छन् बिद्धुत गएको एघार दिन भइ सक्यो बनाउन कसैले चासो देखाउदैन, कर्णालीको मुटु मानिने नगरपालिकामा विद्युत कार्यालयको यस्तो लापरबाही छ अन्य दुर्गम ठाउँमा कत्तिको लापर्बाहि होला अनुमान गर्न सकिने उनी बताउछन ।
नगरपालिकाका प्रायठाँउहरुमा पोलहरु अन्धधुन्ध अबस्थामा ठोकियका पाईएका छन् । कार्यालयले सडक एकातिर पोलहरु अर्कैतिर ठोकिका छन् । जता सडक छ तेतैबाट पोल ठोकिनु पर्नेमा आफ्नो जग्गामा पोल ठोकेकाले उक्त पोल ठाउसारि गर्नु पर्ने जग्गाधनि बताउछन् ।
जनप्रतिनिधिले नागरिको समस्या नबुझेको बासिन्दाको गुनासो । बिद्धुत गएको ११ दिन सम्म पनि वडा कार्यालयले समस्या समाधान नगर्दा नागरिक हरुले वडा कार्यालय संग आक्रोश पोखेका छन् । नागरिकहरु भन्छन् भोट माग्दा अनेकौं सपना देखायर आउने तर जितिसके वास्ता नगर्नेगरेको उनिहरु बताउछन् ।
त्यहाँका स्थानियवासीले नै पोल राख्न नदिएपछि त्यहाँका मानिसहरु अन्धारमा बस्न बाध्य रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं १ का अध्यक्ष दिनेस खत्रीले जानकारी दिए । अध्यक्ष खत्रीले भने, पोल राख्ने ठाउँको जग्गा धनीले पोल गाड्न नदिएपछि अर्को ठाँउबाट पोल राख्न एक महिना लाग्ने भएकाले गर्दा समस्या आएको जानकारी दिए ।
बिद्धुत कार्यालय सुर्खेतका प्रमुख युवराज रावतले बिद्धुतका पोलहरु ,ठाउँसारि गर्नका लागि प्रकृया पुगाउन महिना दिन जति समय लाग्ने भएकाले गर्दा समस्या भएको बताएका छन ।
सोही ठाउमा पोल परिबर्तन गर्न त्यती समस्या हुदैन अर्को ठाउँमा सार्नु पर्यो भने प्रकृया पुगाउनु पर्छ वडा कार्यालयले बजेट छुटाउनु पर्ने उनको तर्क रहेको छ । उनी भन्छन् , पोल ढलेको ठाउँमा जग्गा धनिले पोल राख्न दियो भने सोही ठाउँमा पोल राखि विद्यत सेवा सुचारु गर्न सकिने बताएका छन् ।

Post a Comment