रंगकर्मीका वरिष्ठ कलाकार माया थापा र कलाकार प्रेमदेव गिरी सम्मानित

सुर्खेत : रंगकर्मी माया थापा र वरिष्ठ कलाकार प्रेमदेव गिरी सम्मानित भएका छन् । सारा संसार मिडिया प्रालि ललितपुरले आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो । दुवैजनालाई पाँच हजार एक सय नगद सहित सम्मान–पत्र दिइएको छ ।

थापा र गिरी दुवैजना सुर्खेत निवासी हुन् । प्रेमदेव गिरीको नेपाली लोककला र संगीतका क्षेत्रमा ठुलो योगदान छ । उनी मादल वादनका पर्यायवाचीमा रुपमा पनि धेरैले चिन्ने गरेका छन् । गिरी मादल वादन, लोकगीत संकलन र नाट्यकर्मीको भूमिकामा राष्ट्रकै गहनाको रुपमा परिचित छन् ।

रंगकर्मी थापा विगत २० वर्षदेखि नाटक अभिनयसँग पत्रकारितामा समेत सक्रिय छन् । यस्तै थापाको पनि सानै उमेरदेखि सुर्खेतको नाट्य क्षेत्रमा अतुलनीय योगदान छ । रंगकर्मीका रुपमा उनले समाजमा व्याप्त भएका कुसंस्कारका विरुद्धमा आवाज उठाउँदै आएकी छन् ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali