सान्नी त्रिवेणी गाउँपालिकाद्धारा घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता घरमै

कालीकोट :  कालिकोट जिल्लाको सान्नी त्रिवेणी  गाउँपालिकाले घुम्ती बैंक मार्फत घरमै सामाजिक सुरक्षा भत्ता बितरणको दोस्रो अभियान सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर १ को सेज्यिूला र २ को रकुमा दोस्रो पटकको सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो । 

सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल) वडा नम्बर १ का वडा अध्यक्ष बैकुण्ठ राज गिरी र वडा नम्बर २ का वडा अध्यक्ष बसन्त बुढाको उपस्थितिमा शनिवार घरमै घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल) ले बताएकी छन् ।

उपाअध्यक्ष सिंहका अनुसार सामाजिक सुरक्षा भक्ता लिन घण्टै समय लगाएर गाँउपालिका पुग्ने तर गाँउपालिका पुग्दा पनि घण्टै समय सम्म जेष्ठ नागरिक लाइनमा बस्नुपर्ने बाध्यता मध्यनजर गर्दै सानिमा बैक शाखा सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखासंगको विषेश समन्यमा जनताको घर घरमै बैकसेवा मार्फत शान्नि त्रिवेणी गाउँपालिकाले बैँकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखि विदाको दिन पनि शनिबार  घुम्ती सेवा मार्फत वडामा गएर सामाजिक सुरक्षा भक्ता वितरण गरेको अपाअध्यक्ष सिंहले बताएकी छिन । 

उनले भनिन जेष्ठ नागरिकको पिरमर्कालाई ध्यानमा राख्दै गाँउपालिकाले प्रत्यक वडामा गएर घुम्ती बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

गाउँपालिका घरमै घुम्ति बैँक मार्फत सामाजिक  सुरक्षा भत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिकहरु खुसी भएका छन । जस्ले गर्दा गाँउपालिका उपाअध्यक्ष लगायत वडा अध्यक्ष र अन्य कर्मचारीहरुलाई खुसी व्यक्त गर्दै सरकार होस त हाम्रो जस्तो होस हामीले दुख भयो भनेको, एक महिना नहुदै घरमै आएर आज पैसा पाएको  शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर १ की छिता जैसीले भनिन् । 

पहिलो पटक घुम्ती बैँक मार्फत असार १२ गते साविकको मुम्राको वडा न ७,८,९ मा वितरण गरेको थियो । भने, दास्रो पटक साविक रकु वडा न.१ र २ को केसरिज्युलामा गाउँपालिका पार्वती सिंह (संज्याल )को प्रमुख आथित्यमा र सानिमा बैक शाखा मेहलमुडिका प्रबन्धक नरेन्द्र बम र सामाजिक सुरक्षा  तथा पञ्चिकरण शाखा  प्रमुख नर प्रसाद जैसिको  विशेष  आथित्य वडा नम्बर १ का अध्यक्ष बैकुण्ठ राज गिरिको अध्यक्षतामा उद्घाटन गरि भत्ता वितरण सुरु गरेको थियो । 

भत्ता वितरण वितरण अभियान सफल बनाइ दिएकोमा शान्नि त्रिवेणी गाउँपालिका वडा  १ र २ का वडा अध्यक्ष  सानिमा बैँक शाखा कार्यलय मेहलमुडी कालिकोट र सामाजिक सुरक्ष्प भत्ता  तथा पञ्चिकरण शाखा मेहलमुडिलाई स्थानिय सरकारको आग्रहलाई स्वीकर गरि सहयोग गरिदिएको र जेक्ष्ठ नागरिकको मुहारमा आएको खुसियालि देखेर आफु पनि निकै खुसी भएको गाउँपालिका उपाअध्यक्ष पार्वती सिंह (संज्याल) ले बताइन । 

Post a Comment

Previous Post Next Post