सुर्खेत : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्बजनिक गरेको बर्ष पुस्तक २०२६ को तथ्याङ्कअनुसार कर्णालीमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढेको पाइएको छ ।
तथ्याङ्कअनुसार कर्णालीमा यस वर्ष ६ सय ९४ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पिडित भएका छन् ।
यस्तै अघिल्लो बर्ष ६ सय ८ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पिडित भएका थिए । भने यो बर्ष राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुष र अन्य पक्षबाट ५ सय ३१ जना महिला तथा ७८ जना पुरुष गरी ६ सय ९ जना पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
यस्तै, बालअधिकार उल्लघ्नका घटनाहरुमा समेत बढेको पाइएको छ ।
तथ्याङ्कअनुसार कर्णालीमा बालिका बलात्कार हुने दर बढ्दै गएको देखिन्छ । जसअन्तरगत एक बर्षमा मात्रै प्रदेशभर ४९ वटा बलात्कारका घटनाहरु भएका छन् । भने यौन दुव्र्यवहारका १६ वटा घटना भएका छन् ।
यस्तै, शाररिक यातनाका २ वटा र बालबालिका बेचबिखनका उल्लघनका घटना अभिलेख भएको सुवेदीले बताए ।
यस बर्ष कर्णालीमा महिला अधिकार उल्लङ्घन १ सय ९४ वटा घटना भएको भन्दै उनले सबैभन्दा धेरै बलात्कारका घटना ४८ वटा भएको जानकारी दिए ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालल दण्डहिनताको अन्त्य हुन नसको यस्ता घटनाहरु भइरहने बताए ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफू सुरक्षित भए पनि आफ्नो पार्टी कार्यालय सुरक्षित हुने अवस्थामा नरहेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रममा कंडेलले आफू मुख्यमन्त्री भएको हुनाले राज्यले दिएको सुरक्षा लिएर हिँडेपनि आफू आबद्ध पार्टी कार्यालय सुरक्षा निकायबाटै सुरक्षित नहुने अवस्था रहेको उनको भनाई छ ।
केहि दिन अघि सुर्खेतको वीरेन्द्रनगरमा रहेको एमाले पार्टी कार्यालयमा र्दशनकारी र प्रहरीबिचको विवादका कारण प्रहरीले नेता तथा कार्यकर्ताहरूलाई लाठीचार्ज गरेपछि उनको यस्तो भनाई आएको हो ।
वीरेन्द्रनगरमा आयोजित मानवअधिकार सम्बन्धीको एक कार्यक्रममा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले केहीे दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको लागि वीरेन्द्रनगरमा आयोजित मसाल जुलुस कार्यक्रमसँग केन्द्रित रहेर आफु र आफ्नो कार्यालय सुरक्षित नभएको बताए । कँडेलले भने, ‘आन्दोलनमा दुःखद घटनाहरू हुन्छन्, भइरहेका छन्, नहुनुपर्ने थियो, आन्दोलनकारीले पनि विवेक गुमाउनु हुँदैन ।’ तर त्यो भन्दा जिम्मेवारीमा रहेकाहरूले (प्रहरी) जतिसुकै दुःखद घटना घटेको भए पनि संयमित हुनुपर्ने उनले बताए । ‘तर त्यही संयमितता गुमायो भने के हुन्छ ? समाज अर्कै ठाउँमा पुग्छ,’ कँडेलले थपे ।
यस्तै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जयराज सापकोटाले आन्दोलन गर्दा कुनै आपत्ति नहुने तर शान्ति सुरक्षा पनि भङ्ग गर्न नहुने बताएका छन । उनले भने सुरक्षा दिइरहेका इन्स्पेक्टर राजन भट्टराईलाई सुरुमा एमालेका एक कार्यकर्ताले मुक्का हानेर दाँत भाँचिदिएका थिए । त्यसपछि प्रहरीले एमालेका नेता तथा कार्यकर्ताहरूलाई लाठीचार्ज गरेका थिए । उनीहरुले प्रहरीले दमन गरेको भन्दै टिप्पणी गरिरहेका छन् ।
एमालेको जुलुस अघि गयो, हाम्रो प्रहरी पछिपछि थियो,’घटनाबारे सापकोटाले प्रष्टीकरण दिए, ‘सहमति अनुसार नै राँको राखियो । राँको राख्ने ठाउँमा राज्यका ठुलै मान्छेहरूले घेरेर इन्स्पेक्टरको दाँत भाँचिदिए ।’सापकोटाले उक्त घटनामा अहिले सरकारको जनप्रतिनिधि समेत रहेका मान्छेको सहभागिता रहेको सङ्केत गरे । ‘त्यस्तो अवस्थामा के हामीले हेरेर बस्ने ?,’ उनले प्रश्न गरे, ‘प्रहरीको शरीरमा त्यहाँ काँटीले हो कि केले घोचेको छ, भाटाले हानेको छ । त्यो अवस्थामा लाठी चार्ज गर्ने अधिकार हाम्रो हो ।’ त्यसपछि बल प्रयोग गरिएको र त्यस क्रममा अलिअलि चोटपटक लागेको उनले बताए ।‘सत्यतथ्य त्यही हो, त्यो भन्दा बढी पनि छैन, त्यो भन्दा घटी पनि छैन,’ सापकोटाले थपे, ‘अहिले पनि इन्स्पेक्टरको उपचार जारी छ, उसको अगाडिको दुइवटा दाँत झरेको छ ।’
‘शान्ति सुरक्षाको लागि प्रहरी हो,’ उनले थपे, ‘अर्कालाई पर्दा खुसी हुने, आफूलाई पर्दा चाहिँ दुःखी हुने काम गर्नु हुँदैन ।’उनले भने
यस्तै कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादती घटना बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
इन्सेकले आज वीरेन्द्रनगरमा आयोजना गरेको बर्ष पुस्तक सार्बजनिक तथा कर्णालीमा मानवअधिकारको अवस्थाका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले पछिल्लो समय मानवअधिकार उल्लङ्घन र ज्यादती बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

Post a Comment