वीरेन्द्रनगरमा १५० जनाले लिए मनोसामाजिक अपाङ्गता परिचयपत्र

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १५० जनाले मनोसामाजिक अपाङ्गता  भएका व्यक्तिले परिचयपत्र पाएका छन ।    

कोशिश संस्थाले वीरेन्द्रनगरका १६ वटै वडामा पैरवी गर्दै आएपछि विगतमा विभेदमा परेका मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुमा परिवर्तन आउन थालेपछि उनीहरु मनोसामाजिक अपाङ्गता परिचयपत्र  लिएका हुन ।

सरकारले पनि मनोसामाजिक अपाङ्गताको क्षेत्रमा आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ । वीरेन्द्रनगर नगरपालिकाबाट मनोसामाजिक अपाङ्गता भएका १५० जनाले परिचयपत्र पाएर बिमित भएको संस्थाले जनाइएको छ ।

वीरेन्द्रनगरमा आज पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले २३ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू रोजगार तथा स्वरोजगारमुलक क्रियाकलापमा संलग्न हुुनु उपलब्धि रहेको बताए ।

उनले भने पढाई छाडेर बसेका तीन जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई छात्रवृतिको लागी पहल गरी पुन अध्ययनमा फर्काईएको छ ।

‘८० जना ब्यक्तिहरूले मनोबिमर्श सेवा प्रदान गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा सुधार आएको छ’ उनले भने, ‘१५० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र प्राप्त गरी स्वास्थ्य बीमामा जोडिएका छन ।’

संस्थाको समाहित परियोजना अन्र्तगत हाल वीरेन्द्रनगरका १६ वटै वडामा मनोसामाजिक अपाङ्गता झएका व्यक्ति र परिवारहरुमा मनोसामाजिक सहयोग पुर्याउने काम भइरहेको छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई नियमित ममोविमर्श सेवा प्रदान गर्ने कार्य जारी रहेको संस्थाकी मेलिना बिसीले जानकारी दिनुभयो । उहाका अनुसार मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा प्रमाणमा आधारित पैरवी भइरहेको छ ।

परियोजना मार्फत मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगारमुलक क्रियाकलापहुरमा जोड्नको लागी विभिन्न निकायहरुसंग पहल तथा जिबिकोपार्जनमा सहयोग गरिएको छ ।

परीयोजनाका मनोवपमर्शकर्ता नरेन्द्र शर्माका अनुसार मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु संलग्न साथिसहयोगी समुहको निरन्तरताको लागी समुह भित्रैबाट नेतृत्वकर्ता छनोट र क्षमता बिकास कार्यक्रम भइरहेका छन् ।

‘आत्महत्या रोकथाम तथा मानसिक सु–स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं’ उनले भने, ‘प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा मनोसामाजिक अपांगतामा रहेका ब्यक्तिका लागि आवश्यक नीति कार्यक्रम तथा बजेट बनाउन पैरवी गरिएको छ ।’

समुदायसतरमा मानिसहरु प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य तथा अत्महत्या रोकथामका विषयमा सचेत बन्दै गएको उहाको भनाइ छ । हाल प्रदेश स्थित अपाङ्गता निर्देशन समितिमा एक जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

समुदायसतरमा मानिसहरु प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य तथा अत्महत्या रोकथामका विषयमा सचेत बन्दै गएको उहाको भनाइ छ । हाल प्रदेश स्थित अपाङ्गता निर्देशन समितिमा एक जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ लगायतका अपाङ्गता भएका व्यक्तिहरुको लागी काम गर्ने संस्थाहरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता र सबालमा काम गर्न सुरु गरेका छन् । २४ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गरिएको छ । भने स्थानीय तथा प्रदेश सरकारले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताको सबालमा कार्यक्रम तथा बजेट बिनियोजन गरेको कोशिस संस्थाले जनाएको छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू स्वयमले पनि संस्था स्थापना गरी वकालत तथा स्थानीय तहहरुमा कार्यक्रमहरू गर्न थालेका छन् । तर सम्पन्न वर्ग अन्र्तगत पर्ने समुदायका व्यक्तिहरुमा हुने मनोसामाजिक समस्या पहिचानमा कठिनाई रहेको उल्लेख छ ।

परिवार तथा समाजका केही व्यक्तिहरूले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको क्षमतामा विश्वास नगर्नु र सरोकारवालाहरूले कार्यक्रमहरू बनाउँदा समग्र अपाङ्गतालाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पहुँचमा पुग्न सकेका छैनन् ।

यसैबिच, सुर्खेतमा रहेर क्रियाशल पत्रकारिता गर्दै आएका पत्रकारहरुले मनोसामाजिक अपाङ्गताका सबाल निरन्तर उठाउने सामूहिक प्रतिवद्धता गरेका छन् ।

पत्रकारहरुले मनोसामाजिक अपाङ्गताका सबाल निरन्तर उठाउने सामूहिक प्रतिवद्धता गरेका हुन् । परियोजना समाप्ती पस्चात पनि मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक अपाङ्गताको सबाल निरन्तर उठाई सरोकारवाला निकायहरूमा दवाव सिर्जना गर्ने पत्रकारहरुको भनाइ छ ।

Post a Comment

Previous Post Next Post