निर्वाचनलाई मध्यनजर गर्दै सुर्खेतमा मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक


सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको छ ।

शुक्रवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता र जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुखरउम्मेदवाररप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूणर् रुपमा रोक लगाउने निणर्य भएको हो । प्रशासनले निणर्य कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोधसमेत गरेको छ ।

यस्तै मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निणर् भएको प्रजिअ रिजालले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post