लोकतान्त्रिक व्यवस्था लाई व्यवस्थित र बलियो बनाउन लोकतान्त्रिक देशहरुले आवधिक निर्वाचन प्रत्येक पाच वर्ष मा गराउने गर्छन | संसारको उतम विकल्पको रुपमा रहेको लोकतन्त्रको उपभोग गर्न माध्याम नै निर्वाचन हो | यसबाट नागरिकले आफुलाई मन परेको दल वा व्यक्तिलाई मतदान वाट छनोट गर्दछन | नेपाल पनि यसको अभ्यास निरन्तर भैरहेको छ | तर अहिलेको निर्वाचन मा पार्टीका नेता हरुले युवाहरुका लागि झ्याल ढोका बन्द गर्दिएका छन | अहिले ससदीय निर्वाचन को प्रक्रिया पुरा गरेर दलका नेता हरु चुनावमा होमिएका छन | नेपाल मा करिव ६० प्रतिशत युवा रहेको देशमा करिव १५ प्रतिशत युवा हरुले पार्टीको टिकट पाएका छन | खासगरी सविधानको समावेशी नियमानुसार महिला र अन्य को हालत युवा को भन्दा तल छ | युवापंक्तिले बुझ्नैपर्ने कुरा हिजोका युवा पनि समृद्धिका भोका नभएका होइनन् । जनताको चेतनास्तर, शिक्षा तह, राजनीतिक संरचना जस्ता कुराले हिजोका युवाले चाहेर पनि विकासको पथमा खासै काम गर्न नसकेको यथार्थ हो । हिजोको हाम्रो नेतृत्वले जानेर वा नजानेर आर्थिकभन्दा राजनीतिक समृद्धि चाहेको यथार्थ हो । त्यसैले हाम्रा बुबा र हजुरबुबा पुस्ताले तीनपटकसम्म राजनीतिक आन्दोलनमै आफ्ना अमूल्य समय खेर फाल्नुपर्यो ? तर यसो गर्नैपर्ने बाध्यता किन आयो ? विश्वका विकसित देश, हाम्रा छिमेकी चीन र भारतमा एकपटकको राजनीतिक आन्दोलनले नै देशले गति पक्रने तर नेपालमा तीन ठूला आन्दोलन गर्नुपर्ने कारण के हो ? हामीले यसको सही पहिचान गर्न सकेनौं भने फेरि हाम्रो पुस्ता पनि आन्दोलनमै समय खेर फाल्न बाध्य हुनेछ ।
हामीले चाहेर वा नचाहेर पनि हाम्रो रगतमा लोकतन्त्र पसेको छ । युवा मतदातामध्ये अधिकांश २०४६ को आन्दोलन वा २०५६ अघि गरिएका संघर्षकै बीचमा जन्मिएका छौं । स्मरण रहोस्, ती सबै संघर्ष एक सबल र सक्षम लोकतन्त्रकै लागि भएका थिए । त्यसैले आजका युवाहरूको रगतमै लोकतन्त्र झांगिएको छ । फरक हिजोको युवा पुस्ता समयको बाध्यतावश लोकतन्त्र सपना थियो भने आजका युवाको सपना भनेको समृद्धि र विकसित नेपाल हो । आज बेलायत, अमेरिका र अस्टेलियाजस्ता देशहरूमा बसेका यो जमातका साथीहरूको जीवनस्तर हो । जसकारणले युवाले थुप्रै चुनौतिको सामना गर्नु परेको छ | गुणस्तरीय, समसापेक्ष रोजगारमुलक शिक्षाको अभाव,व्यावसायिक सिप र प्रविधिमा न्यून पहुच, बेरोजगारी र अर्धबेरोजगारी युवा पलायन कम्जोर स्वास्थ्य पोषण र मनोवल युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव लैगिक क्षेत्रीय,जातीय असमानता तथा विश्व भूमण्डलीकरण र उदारिकरणले ल्याएका नकारात्मक प्रभावले नेपाली युवाका समस्या एवं चुनौतीका रुपमा रहेका छन|
त्यसै गरी वर्तमान सन्दर्भमा नेपाली युवाका सम्भावना र अवसरहरु पनि उत्तिकै छन् । लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर; कृषि, पर्यटन, जलस्रोत लगायतका प्राकृतिक साधन स्रोतको प्रचुरता, बैंक, सहकारी, लघुबित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच; औपचारिक, व्यवसायीक शिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो संख्यामा रहेको बैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जनाको अवसर यसतर्फका अवसर हुन् ।
माथिका चुनौती र अवसर बारेमा आजका दिन सम्म नत सरकार नै जिम्मेवार बनेको छ नत युवाहरु नै जिम्मेवार देखिन्छन । भनिन्छ आफूलाई पर्ने समस्याको पीडा जती आफू लाई थाहा हुन्छ तेति अरूलाई थाहा हुन सक्दैन । तेसैले अब स्थानीय चुनाव नजिकिदै गर्दा अधिकांस ठाऊबाट युवाहरु उम्मेदवार बनी विजय भएर आफू जस्ता लाखौं युवालाई लक्षित हुने गरी कार्यक्रम ल्याएर माथिका चुनौती र अवसारलाई प्रथामिकतामा राख्न जरूरी छ ।
यसले पुष्टि गर्छ कि युवा जमातमा स्वविवेक भन्ने नै छैन। पुरानो पुस्ताबाट राजनीतिक बागडोर खोसेर आफ्नो हातमा लिन सक्ने अवस्थामै छैनन्। जान्दछन् त केवल जय जयकार! राजनीति भनेको व्यापार बुझेका छन्। पेट पाल्ने माध्यम हो भन्ने बुझेका छन्। यो कुरा आज कुनै विज्ञ मानव नजरबाट छिपेको विषयवस्तु हो जस्तो मलाई लाग्दैन। युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।
तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ। जे-जे भयो, भयो। अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ। जय-जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ। तर, विडम्बना ! हाम्रोमा राजनीतिक प्रक्रियामा युवाको सहभागिता ज्यादै थोरै छ । युवालाई सत्तामा पुग्ने भर्याङ बनाउने काम मात्र भएको छ । युवालाई समावेशी र पहुँचयुक्त मतदाताको रूपमा तयार गर्न केही महत्वपूर्ण विषयमा ध्यान दिनु आवश्यक देखिन्छ । सबैभन्दा पहिला निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धि सामग्रीहरूको निर्माण तथा मतदाता शिक्षाका कार्यक्रम सम्पूर्ण मतदाता विशेष गरी पहिलोपटक मतदानमा भाग लिन गइरहेका मतदातामा पुर्याउनुपर्छ । साहेद अवका मतदाताले बुझने छन | सहि र गलत के हो ? सोहीअनुसार मतदान गर्न छन |
लेखकको परिचय
महेन्द्रकुमार कार्की
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र
महासचिव कर्णाली प्रदेश
.png)
Post a Comment