वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सोमबार बेलुका ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ पदमपुरका ललित खत्रीलाई पक्राउ गरेको हो।

ललित आफ्नै घर अगाडी उभिरहेको अबस्थामा शंका लागेर चेक जाँच गर्दा उनको साथबाट ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ।

Post a Comment

Previous Post Next Post