यस्तो छ, वीरेन्द्रनगर नगपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक पूर्णापाठ

 सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आज नगरपालिकाले ११ औं नगर सभा समक्ष नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

खण्ड ख

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम

नगरसभा सहअध्यक्ष एवं  सम्पुर्ण  नगर सभासदस्यज्यूहरु,

 

नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन पश्चातको प्रथम तथा हाल सम्मको एघारौ नगर सभामा संवोधन गर्न पाउँदा  खुसी व्यक्त गर्न चाहान्छु ।

नेपालको संविधान जारी भए पश्चात दोस्रोपटक स्थानीय तह सदस्य निर्वाचन, २०७९ सम्पन्न भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण र भएरहित वातावरणमा सम्पन्न यस निर्वाचनले लोकतान्त्रिक व्यवस्थालाई जगै देखि बलियो बनाएको छ । यस सुखद घडीमा स्थानीय तह विरेन्द्रनगर नगरपालिकाकफ यस नगरसभालाई सम्वोधन गर्न पाउदा गर्वको अनुभूती भएको छ । यसै सभा मार्फत म सम्पुर्ण नगरवासीआमा, वुवा दाजु भाई दिदीवहिनीहरु सवैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

        यस  गौरवपूर्ण अवसरमा राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनैतिक तथा सामाजिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रहनुहुने सम्पूर्ण अग्रजहरु प्रति सम्मान व्यक्त गर्दछु ।

यसै सन्दर्भमा यस नगरसभाबाट आ.व.०७९०८० मा नगरपालिका ले अपनाउनुपर्ने नीतीलाई  प्रस्तावको रुपमा नगरसभा समक्ष स्वीकृतिका लागि पेश गर्दछ्   

क - राजश्व तथा वित्त व्यवस्थापन तर्फ

१.      आर्थिक वर्ष ०७८/०७९ का लागि स्वीकृत कर दस्तुरलाई वृद्धि नगरी सोहि दरलाई नै निरन्तरता दिंदै करदाता र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुटएवम् सहुलियत दिने नीति लिईनेछ ।

२.      कर्णाली प्रदेशको राजधानी रहेको यस विरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका वनाउन आवश्यक पर्ने राजस्वलाई दृष्टिगत गरि रु २७ करोड संकलन गर्ने गरि योजना वनाई पुर्ण कार्यान्वयन गरिनेछ ।

३.      नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सुचभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडबुटी, कवाडतथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किं शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरि कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।

४.      नगरपालिका क्षेत्रभित्रका  घरहरुकोमापदण्ड तयार गरि न्युनतम कोठा तथा घर भाडा दर तोकी घरवहाल कर प्रचलित कानून अनुसार प्रत्येक वडा कार्यालयवाट कर संकलन गरिनेछ । यसरी संकलित रकमको १५ प्रतिशत रकम वडा कार्यालयलाई आवश्यक पूर्वाधार सडक वत्ति, सरसफाई, विपद ब्यवस्थापन, अत्यावश्यक सार्वजनिक सेवा ब्यवस्थापन तथा राजस्व असुलीका कार्यक्रम सचालन गर्न वडा समितिवाट वनाएको कार्यक्रमका लागि मापदण्डका आधारमा उपलब्ध गराइनेछ ।

५.      ब्यापार ब्यवसाय कर संकलन लाई प्रभावकारी वनाउन हाल सम्म ब्यवसाय कर नवुझाएका  ब्यवसायीलाइ जरिवाना छुट दिदै कर असूली गर्ने र कर संकलनका लागि आवश्यकताका आधारमा सुर्खेत उद्योग वाणिज्य संघको साझेदारीमा परिचालन गर्दे उठेको रकमको १५ प्रतिशत रकम ब्यवसायिक सूरक्षा, कर संकलनतथा ब्यवसाय प्रवर्धनका लागि संघवाट प्रस्तावित कार्यक्रममा सहकार्य गरिने छ ।

६.      महिला अपांग तथा  अति विपन्न दलितद्वारा संचालित उद्यम तथा ब्यवसायको कुनै पनि कर तथा सेवा शुल्कमा १० प्रतिशत छुट दिइने छ ।

७.      घरवहालकर, व्यवसायकर आदि को असुली दरमा प्रभावकारिता ल्याउन राजश्व संकलन सुधार कार्ययोजना अनुरुपका कार्यहरु गरिनेछ ।

८.      कर संकलन कार्यलाई प्रविधिमैत्री बनाउंदै नगर तथा वडामा कार्यरत कर्मचारीहरुलाई विभिन्न क्षमता विकास तथा प्रविधिमैत्री तालिमहरु संचालन गरिनेछ ।

९.      नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेको व्यवसायीहरुबाट मात्र वस्तु तथा सेवाहरु खरिद गर्न नगरपालिका अन्तर्गतका कार्यालय र अन्य सार्वजनिक निकायलाई समेत अनुरोध गर्ने नीति लिईनेछ ।

१०.  सरकारको नाममा बाटो लगतकट्टा गर्ने (कित्ताकाट तथा खरिदविक्री बाहेक बाटो लगतकट्टाको लागि मात्र) सिफारिस निःशुल्क गर्ने नीतिलाई निरन्तरता दिइनेछ

११.  नगरको दिगो र ब्यवस्थित विकासका लागि नगरको आवधिक योजना, योजना बैक तथा मध्यावधि खर्च संरचना (MTEF)  वनाइ आगामी आ व देखि यिनै दस्तावेजका आधारमा वजेट योजना तर्जुमाका कामहरु गर्ने ब्यवस्था मिलाईनेछ ।

१२.  अपामैत्री व्यक्तिगत भवन निर्माणको नक्शापास दस्तुरमा २५ प्रतिशत त्यस्तै घरको पानी आफ्नै घर परिसर व्यवस्थापन गर्ने घरधनिलाई समेत १० प्रतिशत नक्शापासमा छुट  दिइनेछ ।

१३.  जेष्ठनागरिक/अपां/गरिब/असहाय/विपन्न/आर्थिक अवस्था कमजोर भएको, उपचार सहुलियत, गरिब तथा जेहेनदार छात्रवृत्ति जस्ताको सिफारिस निःशुल्क गरिनेछ ।

१४.  वित्तीय सुशासन तथा वेरुजु न्यूनीकरणकालागि वेरुजु सम्वन्धमा चौमासिक समिक्षा लगाएत वेरुजु न्यून भएका पालिकाहरुको अध्ययन अवलोकन गर्दै कर्मचारी तथा पदाधिकारीको क्षमता विकासका कार्यक्रम संचालन गर्दे पालिकाको वार्षिक वेरुजू ५ प्रतिशत भन्दा कम गराउन विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

१५.   नगरपालिकाले लिंदै आएको सम्पत्तिकरलाई बैज्ञानिक र वस्तुपरक वनाइ प्रगतिशिलकरको मान्यतालाई आत्मसाथ गर्दै कर प्रणालीलाई प्रभावकारी वनाउंदै छुटेका सम्पत्तिहरुलाइ समेत समावेश गरिनेछ ।

ख-  पूर्वाधार विकास तर्फ

१६.  वढि सवारी चापहरु भएको स्थानहरु जस्तै मंगलगढी र एरिचोकमा सम्भाव्यता अध्ययन गरि आकाशे पूलको निर्माण गरिनेछ ।

१७.  फुटपाथ, साईकललेन, सवारी पार्किग, रोडमा लाइनिग, ट्राफिक लाइनिग समेतको डिजाईन गरी नमुना सडक निर्माण गर्ने कार्यको थालनी गरिनेछ ।

१८.  उपत्यकाको खानेपानी समस्यालाई दीगो समाधान गर्न भेरीको पानी  लिफ्टीड आयोजना अगाडि वढाउन संघिय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संगको सहकार्य गरिने छ । यसै आर्थिक वर्षदेखि पहूंच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरु यसै आ.व. देखि शुरुवात गरिनेछ ।

१९.  नगरपालिकाकोराजमार्गक्षेत्रमाविविधकारणलेवुझिएकाढलहरुपूर्ववत्रुपमासंचालनमाल्याईधनजनकोक्षतिन्युनीकरणगर्नप्रधानमन्त्रीरोजगारकार्यक्रमरविपतव्यवस्थापनकोषवाटतुरुन्तमर्मतसंम्भारगर्नेव्यवस्थामिलाउने।साथैजटिलप्रकृतिकोडुवानभएकोक्षेत्रकोपहिचानगरिजनप्रतिनिधिरईन्जीनियरसहितकोप्राविधिकटोलीखटाईसोकोप्रतिवेदनकोआधारमादीर्घकालीनसमाधानकालागिवजेटतथाश्रोतव्यवस्थागरिसमाधानगर्ने।

२०.   विश्व वैङ्क, संघीय खानेपानी विभाग, कर्णाली प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण हुने भेरी लिप्टिङ्ग खानेपानी आयोजना सञ्चालन गर्नका निम्ती वीरेन्द्रनगर नगरपालिकाबाट गर्नुपर्ने लागत साझेदारी रकमको व्यवस्था गरी वीरेन्द्रनगर उपत्यकामा बसोवार गर्ने नगरवासीहरुकालागि स्वच्छ खानेपानी उपलब्ध गराईनेछ । नगर क्षेत्रको थप बिकासकोलागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै ppp मोडलबाट बिकास निर्माणका कार्यहरु सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ

२१.  धुलियाविट देखि वाङ्गेसिमल सम्मको मुख्य सडकको उत्तर तर्फ वर्षायामको पानी निकास नहुने समस्याको दीगो समाधानका लागि आवश्यक अध्ययन गराई उचित निकासको व्यवस्था मिलाईनेछ ।

२२.  मुख्य बजार सडकलाई व्यबस्थित र सुन्दर फुटपाथ सहितको सडक निर्माण गर्ने गरी निर्माण प्रकृयाकार्यलाई निरन्तरता दिईनेछ साथै मुख्य बजारको बिधुतको पोललाई बिस्थापन गरी जमिनमुनी तारको ब्यबस्थापन गर्न प्रदेश र संघीय सरकार संग सहकार्य गरी काम अघि बढाईनेछ ।

२३.  नगरका नागरिकहरु सहज आवागमनका लागी  नगर वस सञ्चालन कार्यविधी निर्माण गरि सञ्चालन प्रक्रिया अगाडि वढाइनेछ । वीरेन्द्रनगर नगरपालिका वडा नं १० मा निर्माणधिन सामुदायिक गौशालालाई सरोकारवाला निकायहरुसंग समन्वय गरी थप संरचना निर्माण गरी छाडा पशुहरुको व्यवस्थापन गरिनेछ ।

२४.   वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पूर्वाधार संरचनाहरु सडक, पुल, खानेपानी आदि मर्मतकका लागि छुट्टै निर्माण दल गठन गरि आवश्यकताका आधारमा पूर्वाधार मर्मतकाका कार्यहरु गरिनेछ ।

२५.   नगर क्षेत्रभित्र नीजि, सामुदायिक र सरकारी भवनहरुलाई नक्सापास गर्ने, भूकम्प प्रतिरोधी, सबैकालागि पहुंच योग्य संरचना निर्माण तथा बस्तिलाई सुरक्षित तथा सुन्दर बनाउनका लागि भवन निर्माण संहितामा Buildings by laws आबश्यक संशोधन गरी थप प्रभावकारी रुपमा लागु गरिनेछ र सो को बारेमा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै तालिम प्राप्त डकर्मीहरुबाट मात्र घर निर्माण गर्ने ब्यबस्था गरिनेछ । साथै डकर्मी तथा सरोकारवाला निकायहरुलाई तालिमको व्यवस्था गरिनेछ ।

२६.   भवन निर्माण संहितामा कार्यान्वयन हुनु पुर्व निर्माण भएका भूकम्पिय जोखिम यूक्त नीजि तथा आवासीय भवनहरुलाई प्रवलिकरण गर्नका निम्ती अभिप्रेरित गर्ने र न्यून आय भएका वस्ती छनौट गरी नमुना प्रवलिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

२७.   वीरेन्द्रनगर नगरपालिका भित्र निर्माण हुने आवासीय क्षेत्रलाई थप सुन्दर, व्यवस्थित र नगरवासीलाई सहजताकालागि विभिन्न आवासीय भवनहरुको नमुना नक्साहरु वनाई प्रत्यक भवनहरुको अगाडिको भागमा एकरुपता ल्याउनका लागी आवश्यक पहल गरिनेछ ।

२८.   समग्र नगरक्षेत्र भित्रको फोहरमैलाको उचित ब्यबस्थापनकालागि ल्यानफिल साईट निर्माणको स्वीकृत बिस्तृत आयोजना प्रतिबेदन Detailed project report अनुसार निर्माण कार्यलाई निरन्तरता दिईनुका साथै उक्त स्थानसम्म जाने पहुंच मार्गको स्तरोन्ती गरिनेछ ।

२९.   नगर क्षेत्रका सडकहरु तथा प्रत्येक घरधुरीको नम्बरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागु गर्न सुरु गरी परम्परागत नक्सापास प्रर्णालीलाई सहज, सरल र पारदर्शिताकालागि विधुतीय पद्धतीवाट गरिनुका साथै पुराना नक्साहरुको समेत डिजिटाईजेशन गरिनेछ ।

३०.  नापी कार्यालय संग समन्वय गरी नगर भित्रका सडक र खोलाको नक्साङ्कन गरी right of way एकिन गरी संरक्षणको नीति लिईनेछ । बिस्तारित नगर क्षेत्रका जमिनमा बढ्दै गएको अब्यबस्थित तरिकाले जग्गा प्लटिङ्ग तथा बसोबास र सडक खोल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यलाई निरन्तरता दिईनेछ । वीरेन्द्रनगर नगरपालिकाको स्वीकृत गुरुयोजना बमोजिम शहरी नापी हुन वांकी वडामा  शहरी नापी गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

३१.   नगरपालिकाको बिभिन्न सडकहरुको नियमित मर्मत सम्भार गर्नको लागि सडक मर्मत सम्भार RMG कार्यलाई निरन्तरता दिईनेछ ।

३२.   पूर्वाधार बिकास क्षेत्रमा मानव श्रोत साधनको प्रयोग गरी स्थानीय रोजगारी संग आबद्ध गरी योजना सञ्चालन गरिनेछ ।

३३.   कृषि योग्य जमिनमा सिंचाई सुविधाका लागि प्रदेश सरकार र संघीय सरकार संग पहल गरिनेछ साथै सो कार्यका लागि आबश्यक साझेदारी गर्नुपर्ने रकमको समेत व्यवस्थापन गरिनेछ ।

३४.   निर्माण चरणमा रहेको नगरपालिका कार्यालय भववका लागि चालु आर्थिक वर्षमा नगरपालिकाको तर्फबाट ब्यहोरिने लागत सहभागिता वापतको रकम व्यवस्थापन गरिनेछ ।

३५.   वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा व्यवस्थित पर्यटकीय पूर्वाधारहरु निर्माण गरी नगरपालिका मार्फत नै सञ्चालन तथा सम्वर्दन गर्ने तर्फ आबश्यक पहल गरिनेछ ।

३६.   पूर्वाधार बिकासमा कृषि तथा पर्यटकीय सडक निर्माणका लागि प्रदेश तथा संघीय सरकार संग अनुरोध गरिनेछ ।

३७.   वडा केन्द्र सम्म पक्की सडक पूर्वाधार निर्माण हुन वांकी रहेका वडाहरुमा पक्की सडक निर्माण गरी वाह्रै महिना सवारी आवतजावत गर्न र वडासम्म पुग्ने बाटोहरुको स्तरोन्नति सहित पहूच मार्गहरुको सुनिश्चितता हुने गरि वजेट ब्यबस्थपन गरिनेछ ।वडा न १५ र १६ मा विधुतीकरणको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३८.  नगरक्षेत्रभित्र रहेका विद्यालय, स्वास्थ्य संस्था, पार्क लगायतका अन्यसार्वजनिक पूर्वाधारहरुमा भएका संरचनाहरुलाई वालमैत्री तथा अपाङ्ग मैत्री वनाउन आवश्यक पहल गरिनेछ ।

३९.  वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्रका पूर्वाधार सम्बन्धि कुनै समस्या आएमा नगरबासीले यस कार्यालयको website मा  गुनासो राख्ने व्यवस्था मिलाईनेछ ।

ग-  कृषि तर्फ

आली देखि थाली सम्म, गोठ देखि ओठ सम्म"भन्ने मुल नारालाई आत्मसाथ गर्दे यस नगरको कृषि तथा पशु सेवा प्रवर्द्धनका कार्यक्रमहरु देहायका नीतिहरु तय गरेको छ ।

४०.  मेयर संग कृषक महिला कार्यक्रम सञ्चालन गर्न कृषि पकेट क्षेत्र निर्धारण गरिएका वडाहरुमा करिव ३०० जना महिलाहरुलाइ ५० प्रतिशत अनुदानमा पूजी तथा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम गरि महिलाहरुको आयआर्जनमा वृद्दी गरिनेछ ।

४१.  कृषि नै हाम्रो सफलता र जीवन निर्वाहको प्रमुख आधारको रुपमा लिएको छ। नगरपालिका क्षेत्रमा कम्तिमा ३कट्ठा जग्गामा व्यवसायीक तरकारी खेती, फलफुल र उन्नत जातको बीउ विजन उब्जाउने कृषकलाई एकमुष्ट अनुदान/प्रोत्साहन दिने कार्यक्रम संचालन गरिने छ ।

४२.  नगरपालिकालाई अर्गानिक मैत्री कृषि उत्पादनमा बढवा दिन कृषकहरुलाई अर्गानिक उत्पादनमा प्रोत्साहनका कार्यक्रम संचालन गरिने छ ।

४३.  नगरमा कृषि तथा पशुपालन हुंदै आएका वडाहरुलाई पकेट क्षेत्र तोकी उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि सामाग्री, ज्ञान, सीप, पूँजी र प्रविधिको प्रयोगलाई व्यापक बनाई निर्यात प्रवर्द्धन गरिने छ ।

४४.  कृषि क्षेत्रबाट रोजगारी सिर्जना गर्न यूवा लक्षित, अपाङ्ग लक्षित, द्वन्द्ध पिडित र अतिविपन्न लक्षित कार्यक्रम लाई प्रभावकारी रुपमा संचालन गरिने छ ।

४५.  आधुनिक कृषि प्रणालीलाई आत्मसात् गर्दै माटो अनुसारको उत्पादन कार्यलाई प्रोत्साहित गर्न कृषकको खेतबारीको माटो परिक्षण गरिने छ ।

४६.  व्यावसायिक रुपमा खेती गर्ने कृषक, कृषक समुह, कृषक सहकार्य समुह र कृषि फर्म तथा सहकारीहलाई नगर कृषि प्रोत्साहन कार्यक्रम संचालन गरिने छ ।

४७.  कृषि क्षेत्रमा व्यवसायिकताको विकास गर्न कृषि उपजको व्यवसायीकरण, यान्त्रीकरण,बजारीकरण, प्रशोधन र ओद्योगीकरणका लागि आवश्यक ब्यवस्था गर्न विभिन्न निकायहरु संग सहकार्य गरिने छ ।

४८.  "पौरखी हातहरुलाई सरकारको साथ" नारालाई आत्मसात गर्दै सहकारी तथा समुहमा आवद्ध जीवन भर कृषि पेशा गरेका कृषकहरुले उत्पादन गरेको परिमाणको आधारमा विशेष प्रोत्साहन कार्यक्रम लागू गरिने छ । 

४९.  कृषि व्यावसायलाई व्यावसायिक र मर्यादित पेशाको रुपमा अगाडी बढाउन वाली विमा कार्यक्रम संचालन गरिने छ ।

५०.  "बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग" भन्‍ने सोँचका साथ बाँझो जग्गामा खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्‍चालन गरिने छ ।

५१.  कृषि उत्पादनलाई भण्डारण गर्नको लागि आधुनिक शीत भण्डारण र चिस्यान केन्द्र स्थापनामा सार्वजनिक, नीजि र साझेदारीको मोडेल अवलम्बन गरिने छ ।

५२.  खेती योग्य सिँचाई सुविधा नपुगेको जमिनमा सिंचाई सुविधाको लागि साना सिंचाई तथा सहकारी सिंचाई कार्यक्रम संचालन गरिने छ ।

५३.  कृषकहरुले उत्पादन गरेका कृषि उपज सहजरुपमा खरिद विक्रिका लागि तथा कृषि तथा पशुपालनमा देखिएको विचौलियाको अन्त गर्नका लागी उपयुक्त स्थानहरुमा पशु तथा तरकारी हार्ट वजार    कृषि सङ्कलन केन्द्र निर्माण गरी संचालनमा ल्याईने छ । यसका लागि तरकारी एम्वुलेन्सको व्यवस्था गरिनेछ ।

५४.  कृषि वन प्रणालीको माध्यमबाट कृषि र वातावरण क्षेत्रको सन्तुलन कायम गरिने छ । यसका लागि सम्भावना भएका वनक्षेत्रहरुको पहिचान गरि सम्वन्धित सामुदायिक वनहरुसंगको समन्वयमा जडिवुटी तथा फलफूल उत्पादमा जोड दिइने छ ।  जग्गाको उपलब्धता नहुने क्षेत्रहरुमा कौशीखेती विस्तारमा जोड दिइनेछ ।

५५.   नगरलाई तरकारीमा निर्भर गर्नका लागी वेमौषमी तरकारी खेती व्यासायिक तरकारी खेती दिगो बनाउन प्रविधिको व्यापक बिस्तार गर्नको लागि प्रविधि विस्तार कार्यक्रम, लोपोन्मुख रैथाने वालीको संरक्षण तथा प्रबर्द्धन गर्न आवश्यक कार्यक्रम संचालन गरिने छ ।

५६.  नगरपालिका भित्र व्यवस्थित रुपमा बाली उत्पादन तथा वातावरण मैत्री कृषि उत्पादन गर्नका लागि आई.पि.एम./आई.डि.एम..सी. छ  कृषक पाठशाला नियमित रुपमा सञ्चालनको प्रवन्ध गरिनेछ ।

५७.  प्राङ्गारीक खेती प्रोत्साहन तथा जमिनको उत्पादकत्व बढाउनका लागि जैविक मल अनुदानमा उपलब्ध गराउनुका साथै स्थानीय स्तरमा भर्मिङ कम्पोष्ट,कम्पोष्ट मल र जैविक विषादी निर्माण कार्यलाई प्रोत्साहन गरिनेछ ।

५८.  नगर भित्रै गुणस्तरीय खाद्यान्न बीउ उत्पादनका लागि एक वडा एक सामुदायिक बीउ बैंक स्थापना गर्ने उदेश्यका साथ ईच्छुक फर्म, कृषक समुह तथा सहकारी लाई बीउ वीजन उत्पादनका लागि आवश्यक सामाग्रिमा अनुदानको व्यवस्थापन गरिनेछ । 

५९.  वडा तहवाट हुने कृषि विकासका गतिविधिहरुलाई प्रभावकारी र उपयोगी गराउन नगरवाट  अनिवार्य समन्वय गर्ने ब्यवस्था गर्दे कार्यक्रम संचालनका लागी एक द्धार प्रणालीको अबलम्बन गरिनेछ ।

६०.  नगरपालिका भित्रका सहरिकरण भैरहेको वडाहरुलाई वडामा पनि जमिन खण्डिकरण भईसकेको अवस्थालाई मध्यनजर गर्दै पोषण सुरक्षा को लागी कौशी खेती प्रबर्द्धन गरिनेछ ।

६१.  नगर भित्र कृषि खेति हुंदै आएका वडाहरुको माटो परिक्षण गरि उपयुक्तताका आधारमा  एक गाँउ एक उत्पादन ” नीति अबलम्बन गर्दै प्रत्येक वडामा कम्तिमा सक्रिय कृषि सहकारीहरुलाई  वाली विशेष उत्पादमा जोड दिइ कृषिमा र वजारिकरणका मा प्रोत्साहना कार्यक्रममा विशेष सहयोग गरिने छ ।

६२.  नगरपालीका भित्र कृषि तथ्याङ्क व्यवस्थित तथा कृषक सुचिकरण गरी विषेश अनुदानको व्यस्थापन गरिनेछ ।

६३.  कुनै पनि बाली जन्य पकेट विकास तथा अन्य कृषिका भौतिक संरचना निर्माणका लागी संघिय तथा प्रादेशिक बजेट संग पालिका ले साझेदारीमा कार्यक्रम संचालन गर्नेछ।

६४.  कुनै पनि वाहानमा जग्गा लाई खाली नराख्न सम्वन्धित जग्गाधनीलाई अनरोध गर्दै भूमी बैक अवधारणालाई कार्यान्वयन गर्न  नगरपालिकाले खाली र बाझो जग्गालाई  संकलन गरि लिजमा लिने र खेती गर्न चाहानेहरुलाई आवश्यकताका आधारमा जग्गा उपलब्ध गराइने नीतिलाई प्रारम्भ गरिनेछ ।

घ- पशु सेवा तर्फ   

६५.  व्यबसायिक कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुको उत्पादनको आधारमा कृषि यान्त्रिकिकरणमा आबश्यक सहयोग गर्ने,  कृतिमगर्भाधान कार्यक्रम,कृषकहरुको लगानी सुरक्षित र क्षतिन्यूनिकरण गर्न नगर क्षेत्रमा पशुपन्छी बिमा कार्यक्रमलाई बिशेष प्रथमिकताको नीति लिइनेछ।

६६.  पशुपालनमा लागत खर्च कम गरी पोषणमा सुधार ल्याउन बिभिन्न किसिमका हि, बर्षे, बहुबर्षेडाँलेतथाभुईघाँसहरुकृषकहरुकोमागकोआधारमाबितरणगरीउत्पादनरउत्पादकत्वबृद्धिगर्नेनीतिलिइनेछ।

६७.  पशुपन्छीकोस्वास्थ्यकालागिबिभिन्नकिसिमकाऔषधीउपचारसेवा, पशुस्वास्थ्यशिविर, महामारीजन्यरोगनियन्त्रणलगायतपशुपन्छीखोपसेवाकार्यक्रमसञ्चालनगर्ने र संघ तथा प्रदेश सरकारको सहयोगमा वीरेन्द्रनगरमा विशेषज्ञ सेवा सहितको पशु अस्पताल स्थापनाका लागि पहल गरिनेछ ।

६८.  परम्परागतपशुपन्छीपालनव्यबसायलाईव्यबसायीकपशुपालनपद्दतीमारुपान्तरणगर्नपशुपन्छीकोगोठ, खोरसुधारकार्यक्रमअन्तर्गतगाई/भैँसीकोभकारोसुधार, बाख्रातथाकुखुराकोखोरसुधारगरीकृषकहरुलाईव्यबसायिकताउन्मुखहुनेकार्यक्रमसञ्चालनगरिनेछ। नगरपालिकालाई मासु र अण्डामा आयत प्रतिस्थापन गरी आत्मनिर्भर बनाउनको लागि व्यवसायीककरण गरिने कार्यक्रमहरु संचालन गरिनेछ ।

६९.  पशु चौपायाहरुको अभिलेख ब्यवस्थापन  तथा छाडा पशु निन्त्रणमा सघाउ पुर्याउन पशु ट्यागीङ कार्यक्रम संचालन गरिने ।

७०.  गाईभैसी, भेडाबाख्रा,  कुखुरा, माछा मौरी  पालक किसानहरु प्रोत्साहन गर्न "नगर प्रमुख उत्कृष्ट कृषक पुरस्कार"कार्यक्रम संचालन गरिने छ ।

ङ-  पर्यटन प्रवर्द्धन

७१.   हाम्रो विरेन्द्र राम्रो विरेन्द्र नगर अभियानका लागी नगरको पर्यटन प्रर्वद्धनका गर्न पर्यटन भिडियो उत्पादन गरि प्रचार प्रसारमा संचार माध्यम र नीजि क्षेत्र संग सहकार्य गर्ने नीति लिइनेछ । विभिन्न यूटुव सामाजिक सञ्जाल सकेत बोर्ड, अंग्रेजी भाषामा  पर्यटन प्रचार प्रसार सामाग्री निर्माण गरि प्रचार प्रसार गरिने छ ।

७२.  यस नगरपालिकाको क्षेत्र भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरिनेर वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरुलाइ नगरपालिकाको संरक्षकत्वमा राखी यी पार्क हुने आम्दानीलाइ ब्यवस्थित गर्दे सोही क्षेत्रको प्रवर्दनमा खर्च गरिने छ ।

७३.  गढी छेडा देखि गढी भ्यू पोइन्ट सम्मको सडकमा एकै प्रकृतिका परम्परागत शैली झल्कने घर निर्माणतथा गुरांस फुल विरुवा सहित सडक सजावटको मापदण्ड वनाई लागु गरिनेछ । 

७४.  नगर क्षेत्र भित्र रहेका होम स्टेयहरुको क्षमता विकास गर्दे होम स्टेलाई ब्यवसायिक र संस्कृतिक घरका रुपमा रुपान्तरण गर्न व्यक्ति र समुदायलाई उत्प्रेरित  गरिने छ साथै नगर भित्रका पार्क तथा उध्यानहरुको स्तरवृध्दी तथा सुधारका लागि जोड दिइनेछ

७५.  नगर भित्र रहेका पर्यटकीय तथा दर्शनीय स्थलहरुको भौतिक सुधार गर्दे वीरेन्द्रनगर भित्रका गरगरे जर्वुटा लगायतका अन्य थप क्षेत्रहरुको पहिचान गरि कम्तीमा एक दिनको पर्यटन यात्राको रुटतयगरि योजना गराई विकास गर्न आवश्यक सहकार्य गरिनेछ ।

७६.  कांक्रेविहार र गढी क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरि शहिद पार्क देखि सिद्दपाइला सम्म केवुलकार जिपलाइन  वन्जिजम्पिङ जस्ता शाहासिक खेलको  सम्भाव्यता अध्ययन गरिनेछ ।

च-सहकारी तथा गरिवी निवारण तर्फः

७७.  सहकारीलाइ नगरपालिकाको नीति अनुसार एकिकरण गरिनेछ । आवश्यकता र प्रथामिकताका आधारमा उत्पादनमूलक र सेवा मूलक सहकारीलाई थप गर्न र यस क्षेत्रमा लाग्न थप प्रोत्साहित गरिनेछ । विगतमा दर्ता भई निस्कृय भएका र नयां सहकारी संस्थाहरुलाइ क्षमता विकासका कार्यक्रमहरुका लागि सहकारी शिक्षा नेतृत्व विकास एवम् सहकारी व्यवस्थापन लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । आवश्यकताका आधारमा सहकारी हरुको दर्ता, अनुमति, खारेजी र विघटनको कार्यलाई निरन्तरता दिइनेछ ।

७८.  एक सहकारी एक उत्पादन को कार्यक्रम सञ्चालन गर्न सहकारीलाइ उत्प्रेरित गरिनेछ । जसका लागि उत्पादन परिमाणका आधारमा अनुदानको व्यवस्था गरि उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ । विभिन्न सहकारीहरुलाई वहुउत्पादन, प्रशोधन, तथा वजारीकरण तर्फ उन्मुख गराउन ती संस्थाहरुलाई प्रेरित गरिनेछ । सहकारीको माध्यामबाट विपन्न वर्गका सदस्यहरुको संलग्नतामा सञ्चालन हुने व्यवसायिक आयोजनाहरुलाई वित्तीय सहयोगका लागि प्रथामिकता दिइनेछ ।

७९.  सहकारीलाइ चुस्त दुरुस्त वनाउनका लागि copo-mis सफ्टवेरमा आवद्ध गर्ने र सम्पति शुद्धिकरण सम्वन्धि ऐनमा व्यवस्था भए अनुसारका सम्पती शुद्धीकरण मापदण्ड अवलम्वन गर्ने नीतिलाई अवलम्वन गरिनेछ ।

८०.   विगत आ.. देखि शुरु गरिएको गरिव घर परिवार पहिचान र परिचय पत्र वितरण कार्यका लागि परिवार सर्वेक्षणको कार्य सम्पन्न गरिएको छ सघीय सरकारको समन्वयमा गरिव पहिचान भएका घरपरिवारहरुलाई परिचय पत्र वितरण गरि उक्त परिवारका कम्तीमा एक सदस्यलाई विभिन्न रोजगार कार्यक्रम र लक्षित वर्गका कार्यक्रमहरु आवद्ध गरिनेछ ।

८१.   वैदेशिक रोजगारीबाट फिर्ता भएका covid -19  का कारणले वेरोजगार भएका व्यक्तिहरुलाइ सामाजिक पुनः एकीकरणमा जोड दिदै उनीहरुले प्राप्त गरेका ज्ञान, सीप र उध्दमशीलतालाई उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

८२.   संघीय सरकारको समन्वयमा फुसको छाना विस्तापनको कार्यक्रमलाई नियमित रुपमा अगाडि वढाइनेछ 

 

छ-उद्योग बाणिज्य तथा उपभोक्ता हित तर्फ

८३.  खाद्य, कृषि तथा वनजन्य वस्तुहरुको प्रशोधन,जनजीवनलाई सुचारु गर्न नभई नहुने घरायसी प्रयोजनका वस्तु एवं स्थानीय स्थरमा प्राप्त हुनसक्ने कच्चापदार्थ प्रयोग गरी उत्पादन गर्ने लघु,घरेलु तथा साना उद्योगहरुको स्थापना र विस्तार तथा प्रवर्द्धनमा विशेष प्रोत्साहन गरिनेछ ।

८४.  स्थानीय सरकारले 'उद्यमशीलता,रोजगारी र उत्पादन बृद्धि : हन्छ वीरेन्द्रनगरको समृद्धि' नीति अवलम्वन गरी उपलब्ध स्रोत साधन, पुँज, सीप एंव प्रविधिको अधिकतम उपयोगबाट ‍औद्योगिक उत्पादकत्व र उत्पादन वृद्धि गर्ने गरी उद्योग क्षेत्रका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

८५.  स्थानीय स्रोत साधनको उपयोग गरी कृषि तथा गैर कृषि उत्पादन, प्रशोधन,रोजगारी सिर्जना र स्थानीय समृद्धिको आधारको रुपमा  लघु, घरेलु तथा साना उद्यमहरुलाई  अभियानको रुपमा विस्तार गर्न अभिप्रेरित गरिनेछ ।

८६.  महिला, एकल महिला, दलित, असहाय तथा विपन्न वर्ग लगायतका समुदायहरुको व्यवसायीक उत्थान एवम् जनजीविका सहजताकालागि आवश्यक सीपमूलक तालिम प्रदान गर्नुका साथै विभिन्न लघु उद्यमी कार्यक्रमसञ्चालन गरिनेछ ।

८७.   नगर तथा घरेलु तथा साना उद्योगको हव क्षेत्रको रुपमा विकास गर्न  कम्तिमा  साझेदारी गर्न सक्ने वडाहरुमा 'एक  वडा एक लघु उद्यमकार्यक्रम सञ्चालन गरिनेछ ।

८८.  यस नगर क्षेत्रभित्र सम्भाव्य उद्यमी पहिचान गरी व्यवसाय प्रति जागरुकता/उत्सुकता जगाउन उद्यमशीलता विकास तालिम संचालन गरिनेछ र सफल उधमीलाई प्रोतसाहन तथा पुरस्कृत कार्यक्रम सञ्चालन गरिनेछ ।

८९.  बैदेशीक रोजगारीबाट फर्किएका युवा/युवती हरुलाई बैदेशीक सिप को सदुपयोग तथा ज्ञान हस्तान्त्रणका लागि युवा लक्षित  कार्यक्रमहरु सञ्चालन गरी नगरक्षेत्र भित्रै स्वरोजगारको वातावरण सृर्जना गर्न पहल गरिनेछ ।

ज-  फोहरमैला, सरसफाई,तथा स्वच्छता ब्यवस्थापन

९०.  हाम्रो फोहर हाम्रो ब्यवस्थापन  लाई पूर्ण कार्यान्वयन गर्नका लागी प्लाष्टीक झोला प्रयोगमा निरुत्साहीत गर्न प्लाष्टिक झोला प्रयोग नगरी कपडा तथा कागजको झोला प्रयोग गर्ने ब्यवसायीक फर्मलाई नगरपालिकावाट तोकीएका कर तथा सेवा शुल्कमा १० प्रतिशत छुट दिइने छ भने प्लाष्टिकको झोला प्रयोग गर्ने ब्यवसायीक फर्महरुलाइ नगरपालिकावाट तोकिएको न्यूनतम् सरसफाई सेवा शुल्क दरका अतिरिक्त २५ प्रतिशत थप सेवा शुल्क वृध्दीगरि असूल गरिनेछ ।

९१.  फोहोरमैलाव्यवस्थापनलाईप्रभावकारीगराउन,स्थानीयसरकारसंचालनऐन,२०७४अनुसारवडासमितिलाईपूर्णरुपमाजिम्मेवारीदिइने छ।साथैनिजी क्षेत्र संग पनि सहकार्य र समन्वय गरि फोहर व्यवस्थापन गर्न नीति लिइनेछ ।

९२.  घरधुरीको सवै फोहर छुट्याई कुहीने फोहरलाई मलका रुपमा प्रयोग गर्ने  ५० घर धुरी भन्दा वढी सदस्य रहेको टोल विकास संस्थालाई  वडा समितिको टोल क्षेत्रको सर सफाई अनुगमन तथा सिफारिशमा प्रतिवर्ष सरसफाई तथा हरियाली प्रवर्धन अनुदान स्वरुप नगद सहित सम्मान गरिनेछ ।

९३.  उपत्यका भित्रका सवै वडाहरुमा फोहर सेग्रीकेशन र प्लाष्टीक झोला नियन्त्रण का अभियान  तथा जनचेतनात्मक कार्यक्रम संचालनमा विभिन्न गैर सरकारी संघ संस्था तथा क्लवहरु परिचालन गरिनेछ ।

९४.  वडा कार्यालयको समन्वयमा भान्साको फोहर घरमै ब्यवस्थापन गर्न वजार क्षेत्रमा लक्षित गरी कौशी खेती कार्यक्रम प्रतिस्पर्धात्मक रुपमा संचालन गर्न  क्षमता विकास तथा उपकरण  सहयोग गरिनेछ ।

९५.  प्रत्येक वडामा कुहिने फोहर र नकुहिने फोहर संकलन भिन्ना भिन्नै दिन गर्ने गरि वडाकार्यालय र निजी क्षेत्रसंगको समन्वयमा फोहर संकलन कार्यतालिमा सार्वजनिक गर्दे समयमा फोहर संकलन नगर्ने र तोकिएको समय भन्दा अन्य समयमा फोहर निश्कासन गर्ने दुवैलाई कारवाहीको दायरामा ल्याइनेछ । 

९६.  निजी क्षेत्र संगको सहकार्यमा सेग्रिकेसन गरिएका कुहिने फोहरवाट ग्यास तथा कम्पोष्ट प्लान्ट संचालन र नकुइने फोहरलाई नगरपालिकाको सेग्रीकेशन सेन्टरमा  सेग्रिकेशन गरि सोको विक्री वितरण, नगर भित्रै पुन प्रयोग तथा चक्रियक्रणको संभावना खोजी गरिनेछ ।

९७.  उपत्यका भित्रका वडाहरुमा एकरुपता कायम गरी फोहरमैला व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन गर्न नीजि क्षेत्रसग सहकार्य गर्दै सार्वजनिक नीजि साझेदारीको अवधारणा अघि बढाइने छ ।

९८.  फोहर ब्यवस्थापनमा सलग्न युवा तथा पिछडीएका वर्गहरुलाई फोहरमैला व्यवस्थापनका श्रृजनशील क्षेत्रमा काम गर्न प्रेरित गर्दे फोहरमैला व्यवस्थापनलाई आय आर्जनसंग जोड्न  नीजि क्षेत्र, साझेदार संस्था लगायत, गैर सरकारी संस्थाहरुसँग सहकार्य  गरिनेछ ।

९९.  स्वास्थ्य संस्थाजन्य फोहोरलाई व्यवस्थित गर्नका लागि गैर सरकारी संघ संस्था र निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढाइनेछ ।

१००.         ल्याण्डफील साईट प्रभावित क्षेत्र को वातावरण, सरसफाई तथा स्वास्थ्य प्रवर्धनका लागि स्थानीय वासीसंगको सहकार्य गरी विभिन्न गतिविधिहरु संचालन गरिनेछ ।

१०१.         आगामी ५ वर्ष भित्र नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको पुर्ण सरसफाई उन्मुख, सफा र स्वच्छ तथा आधारभुत सूचक पुरा भएको वातावरण मैत्री नगर घोषणा निर्माणका लागि प्रत्येक वडाको भिन्न योजना बनाई अभियानकै रुपमा अगाडी वढ्न गैर सरकारी सघ सस्था तथा दातृ निकायहरु सग सहकार्य गरिनेछ ।

१०२.         नगरपालिका र साझेदार संस्था लगायतका सहयोगमा निर्माण भएका स्मार्ट सार्वजनिक शौचालयहरुलाई सार्वजनिक नीजि साझेदारी अबधारणामा  व्यवस्थित ढंगवाट सचालन गर्दे उपत्यका भित्रका अन्य महत्वपूर्ण स्थानहरुमा थप सार्वजनिक शौचालय निर्माणमा प्रदेश सरकार तथा अन्य  दातृ निकायहरुसग पहल गरिने छ ।  

१०३.         विध्यालय तथा स्वास्थ्य संस्थाहरुको खानेपानी तथा सरसफाइको गुणस्तर सुधार एवं प्रयोगकर्ता मैत्री संचना निर्माण र ब्यवहार परिवर्तन ज्ञान शिप विकासमा गैर सरकारी संघ संस्था तथा दातृ निकायहरुसंग सहकार्य गरिनेछ ।

१०४.         हाल संचालनमा आएको दिशा जन्य लेदो ब्यवस्थापन प्लान्ट ब्यवस्थित ढगवाट सचालन गर्दे थप विस्तारका लागि दातृ निकायहरु संग सहकार्य गर्ने । पालिकावाट स्विकृत दीशा जन्य लेदो ब्यवस्थापन मापदण्ड बमोजिम नीजिक्षेत्रसंग सहकार्य गरि प्रभावकारी सेवा प्रदान गरिनेछ । त्यस क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास र सुरक्षा मापन लाई अनिवार्य गराउन विकास साझेदारहरु संग सहकार्य गरिनेछ ।  

१०५.         नगरपालिकाको ल्याण्डफिल साइट गुरुयोजना बमोजिम निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरुसंग सहकार्य गरिनेछ ।

१०६.         नगरभित्रका सार्वजनिक खोलाहरु सरसफाई तथा खोलाको दुबै किनारमा हरियाली प्रबर्धन गर्ने कार्य वडा समितिको नेतृत्वमा अभियानकै रुपमा अगाडि वढाइनेछ ।

१०७.         समजीघाटमा व्यवस्थित गौशाला, शवदाह स्थल निर्माणका लागि योजना वनाइ निर्माणका लागि प्रदेश सरकार संग सहकार्यगरिनेछ ।

१०८.         वस्ती स्तरमा वंगुरपालनलाइ निषेध गर्न वंगुर पालन गर्दे आएका ब्यक्तिहरुलाइ पेशा परिवर्तका लागी नगरपालिकावाट वित्तीय तथा प्राविधिक  सहयोग गरिनेछ ।

१०९.         फोहर ब्यवस्थापनमा संलग्न अभियान्ता, फोहर ब्यवस्थापनका लागि विद्यालय कलेजका विद्याथीहरु , युवा क्लव र टोल विकास संस्थाहरुको परिचालन  मार्फत व्यवस्थित गरिनेछ । नगरको फोहरबाट बायोग्यास बनाउन वैकल्पिक उर्जा र केपी व्यवसायी र यस नगरपालका विच भएको सम्झौता लाई ग्यास उत्पादन तथा फोहरमैला व्यवस्थापनमा जोड दिइनेछ ।

 

झ- वातावरण तथा विपद व्यवस्थापन

११०.         प्रत्येक वडा र नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै  सोको परिचालन कोष परिचालन विपद कोष परिचालन कार्यविधि बमोजिम गरी नगर भित्र हुने विपदका लागि तत्काल राहतको प्रवन्ध गर्ने ब्यवस्था मिलाईनेछ ।

१११.         नगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनामा कोभिड लगायतका महामारी विशेषलाई समेत समेटी अद्यावधिक गरिनेछ,  विपदको समयमा प्रतिकार्य गर्न प्रतिकार्य टोली गठन गरी क्षमता विकास गर्न गैर सरकारी संघ सस्था र दातृ निकायहरु संग सहकार्य गरिनेछ ।

११२.         संभावित विपदसंग सामना गर्न आवश्यक औजार सहितको संयन्त्र निर्माण गर्नका साथै विभिन्न स्थानमा विपदको पुर्वसूचना प्रणाली स्थापनाका लागि प्रदेश सरकार लगायत सरोकारवाला संघ, सस्थासंग समन्वय गरिनेछ ।

११३.         साझेदार निकाय लगायत सहयोगी संघ संस्थासंगको सहकार्यमा आपतकालीन केन्द्र  गरि संचालनमा ल्याइनुका साथै राहत सामग्री  भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकारलगायत सहयोगी निकायहरुसग पहल गरिनेछ ।

११४.         नगरपालिकाव्दारा गठित विभिन्न कार्यदलको क्षमता विकास गर्न, कार्यदलहरुको नमुना अभ्याशगर्न र  थप अग्नी नियन्त्रण उपकरणका लागि संघ,प्रदेश सरकार र अन्य साझेदार संस्थाहरुसंग सहकार्य गरिनेछ ।

११५.         विपदका लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना  निर्माण र विद्यालय, टोल, वडा तथा नगरतहका विपदसग सम्वन्धित सरचनाहरुको कृयाशिलता वढाइ यसमा सलग्न पदाधिकारी तथा स्वयंसेवकहरुको क्षमता विकासका काम गर्न तयार नेपाल परियोजना लगायत अन्य साझेदार संस्थाहरु सँग सहकार्य गरिनेछ 

११६.          पहाडी वडाहरुमा चट्यांगवाट वचाउन उपकरण राख्न तथा विपद ब्यवस्थापनमा सहयोग पुग्ने उत्थान शिल पुर्वाधार  आयोजना निर्माणमा   साझेदार संस्थाहरु सँग सहकार्य गरिनेछ 

११७.         वीरेन्द्रनगर भित्र विभिन्न वडामा  रहेका प्रमुख चोकहरुमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि जोखिम युक्त चोकहरु सडक मापदण्ड अनुसार क्लीयर गरि चोक सजावट र हरियाली प्रवर्दन समेत गरिने छ ।

ञ- वातावरण संरक्षण, शहरी सौन्दर्यता

११८.         नगर भित्रका १० लाख भन्दा ठूला पूर्वाधार विकासका आयोजनामा कम्तिमा ३‍‍‍‍‍‍‍‍‍‍‍ प्रतिशत रकम वातावरण संक्षणमा योगदान पुग्ने कार्य अनिवार्य गराउने गरी आयोजनाको डिजाइन स्टमेट गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ ।

११९.         काँक्रेबिहार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका  लागि काँक्रेबिहारलाई चिडिया खानाको रुपमा विकास गर्न र सो क्षेत्रमा रहने बन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थान र पानीको व्यवस्थापन गर्न  संघीय सरकार र प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।

१२०.         वीरेन्द्रनगर भित्र रहेका वनलाई आयमूलक वन वनाउन वन उपभोक्ता समितिलाई आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ साथै वीरेन्द्रनगरको उत्तरी जलाधार संरक्षणका लागि प्रदेश सरकार र संघीय सरकारसंग पहल गरिनेछ ।   वीरेन्द्रनगरलाई हरित नगर (Green City) का रुपमा विकास गर्न सडक छेउ वृक्षारोपण तथा एक घर दुई बिरुवा कार्यक्रम फुटपाथ व्यवस्थापन लाई निरन्तरता दिदै यसलाई अभियानकै रुपमा अघि लगिने छ । 

१२१.             आकासे पानीको ब्यवस्थापनका लागि विभिन्न स्थानमा पानी पोखरी निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकार र दातृ निकायहरुसंग सहकार्य गरिनेछ ।

१२२.            ग्रामीण वडाका सडकहरुमा  फलफुल तथा बहुवर्षे डालेघांसवाट सडक सजावट गर्ने स्थानीय बासिलाई प्रेरित गरिनेछ ।

१२३.            सडकमा छोडिएका पशु चौपाय नियन्त्रणका लागि निर्माणाधिन गौशालाको प्रभावकारी संचालन तथा ब्यवस्थापनमा धार्मीक, सामाजिक तथा गैर सरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ । 

१२४.         विधुतीय चुलो, सौर्य ऊर्जा र वायो ग्यास विस्तारमा विशेष जोड दिइनुका साथै नगरका महत्वपूर्ण सडकका रुखहरुलाई छटान तथा सजावटका कार्य गर्दै सडक सौन्द्धर्य प्रर्वद्धन कार्य गरिनेछ ।

१२५.         नगर भित्र लगाइएका विरुवाहरुको संरक्षण तथा गोडमेल गर्न आवश्यक जनशक्तीको परिचालन तथा संरक्षणको जिम्मेवारी हस्तान्तरण गर्न स्थानीय संघ संस्था तथा नीजि क्षेत्र संग सहकार्य गरिनेछ ।

१२६.          ट्राफिक लाईटको लागि संभाब्यता अध्ययन गर्दे,सडक बत्ती लगायत शहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, टोल विकास संस्था र नीजि क्षेत्रसंग सहकार्य   गरिनेछ ।

१२७.         नगर क्षेत्रका सर्वजनिक स्थलहरु जस्तै खुल्ला चौर, खोला सडक र नालाको अवरोध हटाउने जस्ता कार्यहरुलाई विशेष सरसफाई कार्यक्रम संचालन गर्ने ।

ट-  भाषा कला साहीत्य तथा संस्कृतीतर्फ

१२८.         नगर भित्र रहेका आदीवासी जनजातीहरुको भाषा सस्कृति जातजातिका संग्रहालयहरुको संरक्षणमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।

१२९.          नगर भित्र रहेका विभिन्न सार्वजनिक मठ मन्दीर गुम्वा चैत्य मस्जित चर्चहरुको मर्मत सभार र संरक्षणमा जोड दिइनुका साथैस्थानिय लोक कलाको संरक्षण गर्न नगर भित्र रहेका पन्चे बाजा, सारंगी को संवर्धन गर्दै वादन कला हस्तान्तरण तथा स्तरवृद्धिका कार्यक्रममा सहयोग गरिनेछ ।

१३०.          कला साहित्य तथा संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान पुग्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका गतिविधिहरुमा सहकार्य गर्दै स्थानीय स्तरका विभिन्न क्लब, प्रतिष्ठान, समूहहरुलाई प्रोत्साहन गरिने छ ।

ट-   शिक्षा, युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम

१३१.         वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दूरदृष्टिका साथ १० बर्षे शिक्षा क्षेत्र योजना (ESP) स्वीकृत गरी आगामी आर्थिक बर्षदेखि उक्त योजनाका आधारमा शिक्षासम्बन्धी बजेट तथा कार्यक्रमहरु क्रमशः तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

१३२.         वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा स्थायी बसोवास गर्ने लक्षित उमेर समूहका विद्यालय वा ‍हिर रहेका बालबालिकाहररु लाई आधारभूत र माध्यमिक शिक्षामा पहुँच अभिबृद्धि गरी विद्यालयमा निरन्तरता दिन म बनाउछु, मेरो नगरलाई शैक्षिक हव कार्यक्रमलाईशिक्षा विकास कोष खडा गरी प्रभावकारी रुपमा परिचालन गरिनेछ ।

१३३.         विपद् र संकटको समयमा बालबालिकाको सिकाइलाई सहज रुपमा निरन्तरता गर्न र अंग्रेजी, गणित तथा विज्ञान विषयमा रहेको शिक्षक अभावलाई पूर्ति गर्नका लागि स्थापित नगरपालिका स्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।

१३४.         शैक्षिक गुणस्तरको सुधार बाल विकास कक्षाबाट शुरु गरौं भन्ने आदर्श वाक्यका साथ प्रत्येक विद्यालयमा कम्तिमा एक विद्यालय, एक प्रारम्भिक बालविकास कक्षा प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने नीतिलाई लागू गरिनेछ । साथै वालविकास शिक्षकहरुलाई न्युनत्तम पारीश्रमिक र सरकारले घोषणा गरेको सुविधा सुनिश्चित गरिनेछ ।

१३५.         विद्यालयको शैक्षिक र प्रशासनिक नेतृत्व निर्माण गर्नका लागि स्थायी शिक्षकहरुमध्येबाट योग्य र दक्ष शिक्षकलाई प्रधानाध्यापक व्यवस्थापन गर्ने कार्यलाई कार्यविधि बनाई अगाडि बढाइनेछ ।

१३६.         विद्यालय सुपरीवेक्षणलाई नतिजामूलक, आवश्यकता र मागमा आधारित बनाउनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्नुका साथै विषयगत र समूह सुपरीवेक्षण गर्ने प्रणालीलाई अवलम्बन गरिनेछ ।

१३७.         शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्रदान गरिने सेवा प्रवाहलाई अनुमानयोग्य र जनमुखी बनाउन शाखाको प्रशासनिक व्यवस्थापनमा सुदृढीकरण गरिनेछ ।

१३८.         विद्यालयहरुमा सुशासन अभिबृद्धि गर्नका लागि सामाजिक परीक्षण र लेखा परीक्षणजस्ता कार्यलाई प्रभावकारी बनाउन सहजीकरण गरिनेछ ।

१३९.         संस्थागत विद्यालय, मन्टेश्वरी, ट्यूशन तथा कोचिङ सेन्टर आदिको नियमन गर्दै संस्थागत रुपमा सञ्चालन भएका विद्यालयहरुको मापदण्ड तयार गरी वर्गीकरण र स्तरीकरण गर्ने कार्यको शुरुवात गरिनेछ ।

१४०.          युवाको उमेर समूह (१६–४० बर्ष) को आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

१४१.         समाजमा विद्यमान गरिबी, अशिक्षा, छुवाछुत, कुरीति, लैङ्गिक हिंसा, विभेद र विषमता एवम् विपद् जस्ता समस्या वा जोखिम हटाउन युवा परिचालन गर्ने नीति लिइनेछ ।

१४२.         वीरेन्द्रनगर स्थायी ठेगाना भई देशका विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा प्रतिभाहरुलाई नगरपालिकाको तर्फ बाट सम्मान गरिनेछ ।

१४३.         विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकुद क्षेत्रमा विकास गर्नका लागि नगरपालिकामा सञ्चालित सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा क्रमशः खेलकुद प्रशिक्षकको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

१४४.         वीरेन्द्रनगरमा स्थायी ठेगाना भई प्रदेश र राष्ट्रको खेल क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउने अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्लास्तरका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूलाई निश्चित मापदण्डका आधारमा सम्मान तथा पुरस्कारको व्यवस्था मिलाइनेछ ।

१४५.         स्वास्थ्यका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ नगरपालिकास्तरमा राष्ट्रपती रनिङ  शील्ड तथा मेयर र उपमेयर कप सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

१४६.         सबै माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा जुनियर रेडक्रस र नेपाल स्काउटसम्बन्धी कार्यक्रमहरुसञ्चालन तथा व्यवस्थापन गर्न सहजीकरण गरिनेछ  युवाहरुलाई सद् मार्गमा लगाउन लागु औषध दुर्व्यसन हटाउन योग प्रणायम ध्यान आदिमा संलग्न गराइन्छ ।

१४७.         हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गरी पाठ्यपुस्तक निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । आफ्नो सेवा भित्र र वाहिरका विद्यार्थी हरु सेवा र अवसरमा सकरात्मक विभेद गर्न सकिने गरि कार्वान्यनमा ल्याइनेछ ।

१४८.         नगर क्षेत्र भित्रको खेलकूदको विकास र विस्तार गर्नका लागि नगर खेलकूद समिती गठन गरि खेलकुद सम्वन्धि गतिविधिलाई व्यवस्थित गरिनेछ ।

१४९.         नगरपालिका भित्र रहेका विद्यालयहरुलाई आवश्यकता र महत्वका आधारमा विद्यालयहरुलाई क्रमशः एकिकरण गरिदै लगिनेछ । शैक्षिक गुणस्तरियता कायम गर्नका लागि विद्यालयहरुमा शिक्षक र विद्यार्थीको अनुपातका आधारमा शिक्षक दरवन्दीलाई व्यवस्थापनमा जोड दिदै  लगिनेछ ।

१५०.         नियमित रुपमा विद्यालय सञ्चालन गर्नका लागि विद्यालयमा कुनै पनि वन्द हड्ताल चक्काजाम गरिने कार्यलाई निरुत्साहीत गरिनेछ सो को  लागि विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिनेछ ।

 

ठ-  सामाजिक सघसस्था तथा समावेशीकरण तर्फ

१५१.          नगरपालिकाबाट सञ्चालन गरिने लक्षित वर्ग दलित, जनजाती, वादी, मुक्त हलिया तथा अन्य लोपोन्मुख समुदायहरुलाई जनचेतनामूलक उत्पादन र सामाजिक शसक्तिकरण कार्यक्रम का अतिरिक्त सीपविकास उद्धमशिललता र उत्पादनका क्षेत्रमा आवद्ध गरिनेछ ।

१५२.          नगरपालिकालाइ कार्यक्षेत्र तोकेका गैससहरुको विषयगत वर्गिकरण गरि एकद्वार प्रर्णाली मार्फत सञ्चालनको व्यवस्था मिलाइनेछ । साथै गैससहरुलाइ योजना तर्जुमाको चरणमा समेत आवद्ध गरिनेछ ।

१५३.          टोल विकास संस्थाहरुलाइ व्यवस्थित वनाउनका लागि टोल विकास सञ्चालन कार्यविधी अनुसार निर्माण र सामाजिक परिचालनको एउटा शसक्त आधारभूत निकायको रुपमा विकास गर्न क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरि थप प्रभावकारीता ल्याइनेछ । टोल विकास संस्था हरुलाई merge गरिने र नियमित अद्यावधिक गरिने कार्यलाई अगाडि वढाइनेछ ।

१५४.          हाल सञ्चालनमा रहेका स्थानीय विकास कोष र साझेदारी विकास कोषको रकमलाइ को दायरालाई अंझ फराकिलो वनाई उद्योग व्यापार र व्यवसाय सञ्चालनमा आकर्षित गरिनेछ ।

१५५.          सामाजिक कुरीती कुसंस्कार विरुद्ध अभियानात्मक र प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरि समतामुलक समाज निर्माण तर्फ उन्मुख गराइने छ ।

ड-  सार्वजनिक नजि साझेदारी कार्यक्रम तर्फः

१५६.         सार्वजनिक नीजी साझेदारीको माध्यामबाट स्थानीय पूंजी परिचालनमा निजी क्षेत्रलाइ प्रोत्साहन गर्दै  स्थानीय आयोजना बैंकबाट सार्वजनिक नीजी साझेदारीका आयोजना कार्यान्वयनमा प्रथामिकता दिइनुका साथैवित्त्तिय साक्षरता सम्वन्धि कार्यक्रमलाई जनताको पहूच अभिवृदिका लागि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

ढ- भूमी व्यवस्थापन तर्फ

१५७.         भूमीहिन दलित भूमीहिन सुकुम्वासी र अव्यव्यवस्थित वसोवासीहरुको निवेदन संकलन गरिएको छ । हाल लगत प्रविष्टको काम नियमित रुपमा सञ्चालन भइरहेको छ । राष्टिय भूमी आयोगको समन्वयमा जग्गा नापजांच कार्य प्रारम्भ गरि जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने काम प्रारम्भ गरिनेछ ।

१५८.         भू- उपयोग सम्वन्धि सम्वन्धि ऐनमा भएको प्रावधानलाई कार्यान्वयन गर्दै नगरपालिकाको जग्गा वर्गिकरण सम्वन्धि कार्यलाई अगाडी वढाइनेछ ।

ण-  महिला बालबालिका अपाग तथा जेष्ठ नागरिक तर्फः

१५९.         महिलाहरुकोआवश्यकताकाआधारमाविभिन्नकार्यक्रमहरुसञ्चालनगर्दैमहिलालेआफ्नोसिपअनुसारकोउत्पादन गरेको वस्तुलाईसंकलनगरिवजारीकरणगरिनेछएकघरएकमहिलास्वरोगगारविरेन्द्रनगरकोविकासरसमृदीकोआधारनीतिलाईकार्यान्वयनलाईनिरन्तरतादिइनेछ।

१६०.         नगरपालिकाको छोरी जन्म वचत कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस कार्यक्रमको प्रभावकारितालाई थप वृद्दी गर्नका लागी थप प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१६१.         बालमैत्रीस्थानीयशासनकालागीकार्ययोजनाबनाईसडकबालमुक्तनगरघोषणारबालमैत्रीस्थानीयशासनकार्यक्रमकालागीसरकारीतथागैरसरकारीनिकायहरुकोसमन्वयमाकार्यक्रमहरुसञ्चालनगरिनेछ।

१६२.         आर्थिकरुपमाविपन्नसामाजिकरुपलेपछाडिपरेकामहिलाहरुलाईआर्थिकसशक्तिकरणरसामाजिकरुपान्तरणकाकार्यक्रमहरुसञ्चालनकालागीआवश्यकवजेटकोव्यवस्थागरिनेछ।

१६३.         अपागताभएकाहरुकालागीसहायकसामाग्रीउपलब्धगराउनेरकरखवर्गकोपरिचयपत्रवितरणगर्दावासस्थानमैगएरपरिचयपत्रवितरणगर्नेनीतिलाईनिरन्तरताप्रदानगर्नेनीतिलिइनेछ।

१६४.         अपांगता भएका नागरिकहरुका लागि सीप विकास तथा आयआर्जनका कार्यक्रमहरु संचालन गरिनेछ ।

१६५.         जेष्ठनागरिकहरुकाउत्थानरसम्मानकालागीविभिन्नस्थानहरुमासञ्चालनहुदैआईरहेकादिवासेवाकेन्द्रजेष्ठनागरिकमिलनकेन्द्रहरुकोस्थापनारपरिचालनमाआवश्यकसहयोगगरिनेछ।जेष्ठनागरिकहरुकोज्ञानसीपअनुभवरसिकाईलाईउपयोगमासमेतल्याईनेछ।

१६६.         जेष्ठनागरिहरुलाईप्रत्येकवडामा सरकारी तथा निजीअस्पतालसंगको समन्वय र सहकार्यमा बुवा आमा भेटघाट कार्यक्रम सञ्चालन गर्नसुगरतथाप्रेसरकोनिशुल्कजांचकोव्यवस्थासहितस्वास्थ्यशिविरकोव्यववस्थागरिनेछ।

१६७.         लैगिकसमानतातथासामाजिकसमावेशीकरणनीतितयारगरिसोनीतिलाईकार्यान्वयनमाल्याईनेछ।

त- सार्वजनिक प्रशासन तथा सेवा प्रवाह

१६८.         नगरपालिकामा कार्यरत अन्य सेवा तर्फका सवै कर्मचारीहरुको एकिकृत कर्मचारी व्यक्त्तिगत विवरण प्रणाली PIS स्थापना गरि कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त वनाउनका लागि कर्मचारी संकेत नम्बर कायम गरि सो का आधारमा व्यक्त्तिगत विवरण अध्यावधिक गरिनेछ । अध्यावधिक विवरणका आधारमा कर्मचारीलाई थप जिम्मेवारी र अधिकार प्रत्यायोजनको कार्यलाई वैज्ञानिक र वस्तुगत मापदण्डमा आधारित बनाईनेछ ।

१६९.           नगरपालिकामा कार्यरत सबै सेवा समूह तर्फका कर्मचारीहरुलाई आफनो पेशागत मर्यादा र आचरण प्रदर्शनको आधारमा दण्ड र पुरस्कारको नीति अख्तियार गरिनेछ । सेवाग्राहीमैत्री सेवाप्रवाह विपरितका क्रियाकलापहरुमा शून्य सहनशीलताको नीति लिईनेछ ।

कर्मचारीहरुको क्षमता विकासका लागी अध्ययन अवलोकन भ्रमणका माध्यमबाट सेवा प्रवाहमा नविनता तथा नवप्रवर्द्धनशिल अभ्यास प्रचलनमा ल्याउनमा जोड दिइनेछ ।

१७०.         सबै किसिममा कर्मचारी क्षमता विकासका तालिम कार्यक्रममा एकद्धार नीति लिई प्रचलित कानून र मापदण्डमा आधारित तालिम कार्यक्रम संचालन गरिनेछ । तालिममा स्थानीय लगायत राष्ट्रिय र अन्तराष्ट्रिय  विज्ञ सेवा लिदै प्रविधिमैत्री कर्मचारी प्रशासनको विकास गरिनेछ ।

१७१.         वीरेन्द्रनगरनगरकार्यपालिकाकोप्रशासनिकभवननिर्माणकालागिठेक्काभईकन्ट्रयाक्टरसमेतछनौटभई प्रशासनिक भवनको शिलान्यास समेत भइसकेको अवस्थामा प्रशासनिकभवन निर्माणको कार्यलाई पूर्णता प्रदान गर्न र सेवा प्रवाहलाई सहज वनाउनका लागि विशेष पहल गरिनेछ ।

१७२.         सबै शाखा तथा वडा कार्यालयबाट विद्युतिय पत्राचारलाई लागु गर्दै क्रमश विद्युतिय सुशासनको अवधारणा अनुसार कार्य अघि बढाइनेछ । कार्यालयका नियमित बैठक गोष्ठी तालिममा विशेषज्ञ सेवाको प्रयोग गर्न तथा भौगोलिक दुरी कम गर्दै लागत कटौती गर्नका लागि अनलाईन प्रणालीको क्रमश प्रयोगलाई बढाईनेछ ।  

१७३.         "मेरोकार्यालय, मेरो जिम्मेबारी" अभियान सञ्चालन गरी कार्यालय परिषर र कार्यकक्षको सरसफाइ,असल सिकाईआदान प्रदान मार्फत समृद्ध वीरेन्द्रनगरको सपना साकार बनाउन कर्मचारीहरुको पेसागत समर्पण, अन्बेषण र महत्वपूर्ण योगदान प्रस्फोटन हुनेलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

१७४.         हाम्रो नगर राम्रो नगर अभियान अन्तर्गत चौमासिक रुपमा नगरका गतिविधिहरु समावेश भएको बुलेटिन प्रकाशन, रेडीयो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम उत्पादन गरि नागरिकको सूचनाको हकको प्रवर्द्धन गरिनेछ । साथै नगरपालिकाको आफ्नै अगग्लै युट्ब च्यानल स्थापना गरि महत्वपुर्ण गतिविधिहरुको प्रवर्द्धन गरिनेछ ।  नगरका गतिविधिहरु नियमित संचार माध्यमबाट प्रकाशन तथा प्रसारणको व्यस्थापनका लागि संचार क्षेत्र सहकार्य कार्यक्रम संचालन गरिनेछ । 

१७५.         नगरपालिकाको कार्यबोझको आधारमा विज्ञ परामर्श सेवा मार्फत तत्काल नगरको संगठन विकास अध्ययन गरि प्रतिवेदन तयार गरिआवश्यक दरबन्दी सिर्जना गर्ने, कर्मचारीको पदपूर्ति गर्ने र कर्मचारीलाई निश्चित सूचकका आधारमा कार्य विवरण सहितको कार्य सम्पादन सम्झौता गरि कार्यान्वयन पक्षको मूल्यांकनका आधारमा पुरस्कार र दण्ड नीति अवलम्वन गर्दै कार्य प्रति जवाफदेही बनाइनेछ ।कर्मचारी दरबन्दीका आधारमा नयाँ भर्ना, परामर्श सेवा खरिद लगायतको कार्यलाई व्यवस्थित गरिनेछ । प्रदेश लोक सेवा आयोग सँगको परामर्शमा स्थानीय सेवा ऐनको संशोधन गरि कर्मचारीको वृत्त्ति विकासलाई  अघी बढाईनेछ । 

१७६.          कार्यालयमा सिकाइ केन्द्रको संस्थागत विकास गरी सेवा प्रवाहमा नविनता सँगैजीवनपर्यन्त सिकाइको अवसर सुनिश्चित गर्न सूचना केन्द्र (लाईब्रेरी) स्थापना गरिनेछ ।

१७७.         कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गर्नका लागि तालिम, गोष्ठी, भ्रमणलाई उपलब्धीमुलक हुने गरी सेवा प्रवाहसँग आबद्ध गरिनेछ । साथै शाखागत, वडागत जिम्मेवारी बाडफाडलाई थप व्यवस्थित गरिनेछ ।  नगरका कर्मचारी एवं पदाधिकारी, उपभोक्ता समिति र टोल विकास संस्थाहरुको पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयन गरिनेछ । 

१७८.          नगरका विभिन्न बैठक तथा कार्यक्रमहरुमा अनावश्यक खर्च कटौतीको नीति अख्तियार गरि आर्थिक मितव्ययिता तथा खर्चमा एकरुपता ल्याईनेछ ।

१७९.         हरेक वर्ष वैशाख २५ गते नगरपालिकाको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

१८०.         बजार क्षेत्र लगायत नगरका प्रमुख स्थानहरुमासिसिटिभी क्यामराको विस्तार गरिनेछ  सवै वडामा छिटो छरितो शान्ति सूरक्षाको प्रत्याभूती नागरिकलाई गरांउन सवै वडामा प्रहरीको नियमित उपस्थितिका लागि आवश्यक सहयोग एवं समन्वय गरिनेछ ।

१८१.          नगरपालिकाको भवन निर्माण र आफ्नै भवन नभएका वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकताका दिनेछ । प्रत्येक वडा कार्यालयहरुमा गुनासो सुनुवाई र सम्वोधनको संयन्त्र खडा गरिनेछ । सो का लागि नगर कार्यपालिकाको कार्यालयबाट टोल फ्री नम्बर स्थापना गरी गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यको थालनी गरी क्रमशः नगरपालिका अन्तर्गतका सबैवडाहरुमाविस्तार गरिनेछ ।

१८२.         जनतामापरिवर्तनकोअनुभुतिहुनेगरिनगरपालिकाकोसंगठनसंरचनालाईकार्यवोझकाआधारमापरिमार्जनगर्दै,सेवाप्रवाहमासुधारल्याउननागरिकसहायताकक्षकोव्यवस्थामिलाउने,सेवाग्राहीविश्रामस्थल, शुद्धपिउनेपानी,गुनासोसुनुवाईसंयन्त्रनिर्माणसहितप्रविधिमैत्रीसेवामाजोडदिने।

१८३.         संचारकर्मीहरुकोउत्प्रेरणावृद्धिगर्ननगरपालिकालेआफ्नोनगरक्षेत्रमाक्रियाशीलसंचारकर्मीहरुनगद तथा  प्रशंसापत्रबाट सम्मान तथा पुरस्कृतगरिनेछ।

१८४.         नगरपालिकाबाटप्रकाशनहुनेलोककल्याणकारीसूचनाहरुस्थानीयसंचारमाध्यमबाटप्रकाशनतथाप्रशारणगर्नेनीतिलिइनेछ।

१८५.         नगरपालिकामा १५ वर्ष स्थायी सेवा अवधि पुरा गरि स्वास्थ्य समस्याका कारण नियमित सेवा प्रवाह गर्न कठिनाई भोगिरहेका नगरपालिकाका कर्मचारीहरुलाई ५ वर्षको सेवा अवधि थप गरि सेवाबाट निवृत्त हुन प्रोत्साहन गरिनेछ । साथै २५ वर्ष भन्दा बढि नगरपालिकाको सेवामा अविछिन्न करार सेवामा कार्यरत कर्मचारी स्वयंले चाहेमा सम्मानजनक विदाई गरिनेछ ।

१८६.         संघीय सरकार र कर्णाली प्रदेश सरकारले निजामति कर्मचारीलाई दिने प्रोत्साहन सुविधामा नघट्ने गरी यस नगरका सवै कर्मचारीहरुलाई प्रोत्साहन सुविधा दिई कर्मचारिहरुलाई  कार्यप्रति उत्प्रेरित गरिनेछ ।

१८७.         नगरवासीको न्यायमा सहज पहुँच स्थापित गरिने छ । यसका लागि आर्थिक रुपले विपन्न तथा असहाय ब्यक्तिहरु, महिला, जेष्ठ नागरिक, अपांग लगायतलाई निःशूल्क कानूनी सहायताको ब्यवस्था गरीने छ ।

१८८.         हरेक वडामा रहेका गरिव तथा जेहन्दार छात्राहरु मध्ये कानून विषयमा उच्च शिक्षा अध्ययनका लागि छोरी छात्रबृद्धि कार्यक्रम सञ्चालन गर्नका लागि कोष स्थापना गरिने छ ।

१८९.         आर्थिक रुपमा कमजोर पिडित पक्षलाई नगरपालिकाको तर्फबाट निशुल्क कानुनी सेवा प्रदान गरिने छ । न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरुमा कानून ब्यवसायीद्वारा मुद्दा दर्ता, बहस पैरवी लगायतको कानूनी उपचारको सुनिश्चितता गरिने छ ।

१९०.         विपन्न वस्ती तथा वडाहरुमा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धमा अनुशिक्षण गरि विपन्न वर्गलाई निशुल्क कानूनी उपचार प्राप्त गर्नको लागि उत्प्रेरित गरिने छ । न्यायीक समितिको कार्यसम्पादनमा विद्युतिय प्रणालीको विकास गरी शीघ्र न्याय सम्पादन गरिने छ ।

१९१.         अन्तरपालिका तथा न्याय सम्पादनका सम्बद्ध निकायहरुसंग निरन्तर रुपमा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरि न्यायिक समितिको कार्यसम्पादनलाई क्रमश: परिस्कृत गरिनेछ । नगरपालिकाका सूचिकृत मेलमिलापकर्ताहरुद्वारा वडा स्तरमा विवाद समाधानका लागि आवश्यक ब्यवस्था गरिने छ ।

१९२.         नगरको सुशासन प्रवर्दन सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने गरि नगर प्रहरी  सेवा गठन गरि यथाशक्य पदपुर्ति गरिने छ ।

थ- सामाजिक सुरक्षा तथा पञ्जीकरण तर्फ

१९३.         ब्यक्तिगत घटना दर्ता समयमा नै गर्नका लागि प्रचार प्रसार तथा वडाहरुमा घटना दर्ता शिविर सञ्चालन,स्थानीय पञ्जीकाधिकारीहरुलाई अभिमुखिकरण, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको तथ्याङ्क अध्यावधिक, ब्यक्तिगत घटना दर्ताका हस्तलिखित रजिष्टरहरु डिजिटाइजेसनसम्वन्धि कार्यलाई निरन्तरता दिइने छ ।

१९४.         हाल प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्तालाई अझ वढि सहज वनाउनका लागि सम्वन्धित लाभग्राहीहरुको मागको आधारमा कम्तीमा अपाग र अशक्तहरुका लागि बैंक संगको समन्वयमा घर घरमा नै पुर्याइने नीति लाई प्राथामिकता दिइनेछ ।

द-    सूचना प्रविधि तर्फ

१९५.         सूचना व्यवस्थापनलाई व्यवस्थित गर्नका लागिनगरपालिका भित्र प्रयोग भएका सम्पुर्ण software को अनिवार्य रुपमा Security Audit, कर्मचारीका लागि  Digital Signature, वडा तह सम्म High bandwidth को ईन्टरनेट व्यवस्था, नगरको केन्द्रमा centralized server, वडा कार्यालय,  स्वास्थ्य चौकि तथा विधालय मा संचालन भएका software  हरुको केन्द्रिकृत  गरि data  सुरक्षण तथा नियन्त्रण को व्यवस्था मिलाईने छ ।

१९६.         हाल नगरपालिका भित्रमा ई हाजिरी व्यवस्थापन गरिएकोमा यसलाई विस्तार गरि वडा कार्यालय, स्वास्थ्य चौकि र सामुदायीक विधालयमा जडान गरी केन्द्रीकृत रुपमा नियमन गर्ने ब्यवस्था गरीने छ। 

१९७.         विधालयमा learning management system (LMS) को अनिवार्य प्रयोग, नगर अस्पतालमा HMS को प्रयोग, भुक्तानी प्रणालीमा ई-भूक्तानी प्रणाली,  कर संकलन लाई ब्यवस्थित गर्न को लागी अनलाईन बाट payment को ब्यवस्था, अत्यावश्यक अनलाइन सेवा आदिलाई प्रयोगमा ल्याई सुचना प्रविधिको नविनतम् विकासलाई यथासम्भव कार्यान्वयनको व्यवस्था मिलाईने छ ।

१९८.         सुचना प्रणालि लाई ब्यवस्थित तथा छिटोछरीतो जनता सम्म सुचना को पहुच पुर्याउनको लागी social media को प्रयोगलाई बढावा दिईने छ साथै वेव साईटको नियमिति अपडेट गर्दै मासिक रुपमा आय व्यय सार्वजनिक गरिनेछ ।

१९९.         एकिकृत सफ्टवयर प्रणालीको प्रयोगलाई वढावा गर्दै सम्पुर्ण शाखाको कार्यलाई अन्तर आवद्ध गरी समय समयमा नविनतम प्रविधको प्रयोग गरी परिमार्जन गर्दै लगीने छ  भने विधालयमा ई लाईब्रेरीको विकास गर्न विभिन्न गैरसरकारी संघसंस्था तथा विकास साझेदारहरुसँग समन्वय गरिने छ ।

२००.         नगरपालिकावाट जडीत सिसि क्यामरा को मर्मत संभार तथा सूरक्षाको सुनिश्चत गर्दे क्यामराको विस्तारका लाग प्रदेश सरकार र नीजि क्षेत्र संग सहकार्य गरिनेछ ।

 

 

न- स्वास्थ्य तर्फ

 

२०१.         नगरपालिकाकासम्पूर्णस्वास्थ्यसंस्थाहरुबाटनिःशुल्कआधारभूत  तथा आकस्मिक स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा उपलब्ध गराउन जनस्वास्थ्यको संरक्षण,  प्रवद्र्धन, प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, तथा पुनर्स्थापनात्मक सेवाको बिकास तथा बिस्तार गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुयाइने छ।

२०२.         महिलाहरुका स्वास्थ्य समस्याहरुको पहिचान, निदान तथा उपचार गर्नका लागि नियमित तथा बिशेष शिबिरहरु मार्फत आबश्यक स्वास्थ्य संस्थाहरुमा स्क्रिनिङ सेवाहरु(Uterine Prolepses, Obstetrics Fistula,VIA, PAP smear) आदि र निशुल्क अप्रेशनको व्यवस्था मिलाउने कार्यक्रमलाई निरन्तरता दिइने छ ।

२०३.         सबै स्वास्थ्य संस्थाहरुबाट दिइएको सेवालाई जवाफदेही बनाउन सामाजिक परिक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।

२०४.         स्वस्थ्य जीवनशैली, शारीरिक व्यायाम, उचित खानपान, नियमित स्वास्थ्य परीक्षण जस्ता स्वास्थ्य प्रर्वधनका कृयाकलापहरू स्वास्थ्य संस्था तथा वडासँग  समन्वय गरी नियमित कार्यक्रममा समावेश गरि संचालन गरिने छ ।

२०५.         प्रभावकारी स्वास्थ्य सेवा प्रवर्धनका लागि नमुना वडा, नमुना स्वास्थ्य संस्था, नमुना अस्पताल, स्वास्थ्य संस्था अभियान शुरुगरि क्रमबद्ध रुपमा बिस्तार गरिने छ । कार्यसम्पादनका आधारमा स्वास्थ्य संस्थाहरु र स्वास्थ्य कर्मचारीहरुको मूल्यांकन गरी उच्च कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र कर्मचारीलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ ।

२०६.          स्वस्थ बिद्यालय बाताबरण, बिद्यालय पोषण, जुकाको औषधि वितरण, स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण सेवा, किशोर किशोरी सेवा जस्ता बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिनेछ र यी कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि विद्यालय नर्स कार्यक्रम लागू गरिनेछ ।

२०७.          प्रसुती केन्द्रहरुलाई रणनैतिक स्थानमा संचालनका लागि मानव श्रोत तथा भौतिक साधन सम्पन्न गराइनेछ । प्रसुती केन्द्रहरूमा आमाघर  तथा स्तर अनुसार नवजात  शिशु कर्नर को सुबिधा उपलब्ध गराइनेछ ।

२०८.           नगरपालिकाको एकीकृत स्वास्थ्य सुचना प्रणालीमा सूचनाको शुद्धता, समय बद्धता र पूर्णतामा निगरानी गरि गुणस्तरीय बनाइनेछ । साथै यस वर्ष कम्तिमा २ वटा स्वास्थ्य संस्थाबाट electronic health recording system (EHRS) सेवा शुभारम्भ गर्दै लैजाने ।

२०९.          स्वास्थ जीवनशैली विकासका लागि नगरले रणनीतिक स्थानहरु छनौट गरी खुला व्यायामशाला, योगा  प्रणायाम कक्षाहरु संचालन गरिनेछ । योग शिक्षा सम्बन्धी जानकारीमुलक तथा सुचना सामाग्रीहरु प्रकाशन तथा प्रसारण गरिनेछ ।

२१०.          उच्च रक्तचाप, मधुमेह, मिगौला रोग, मुटुरोग, अर्वुदरोग, दम, मोटोपना जस्ता नसर्ने रोगहरुको निदान, उपचार र व्यवस्थापन गर्न वडा स्तरका आधारभूत स्वास्थ्य संस्थाबाट ४० वर्ष माथिका नागरिकका लागि विशेष एकिकृत अभियान संचालन गरिने छ ।

२११.          प्रसूति केन्द्रहरूलाई रणनीतिक स्थानमा सञ्चालनका लागि मानवस्रोत तथा भौतिक साधन सम्पन्न गराइनेछ । प्रसूति केन्द्रहरूमा आमाघर तथा स्तरअनुसार नवजात शिशु कर्नरको सुविधा उपलब्ध गराइनेछ ।बाल तथा मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रुपका अगाड वढाउनका लगी आमाकोमाया एप कार्यक्रमलाई गुणस्तरिय बनाई निरन्तरता दिईने 

२१२.          गर्भवति महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा संचालनलाई निरन्तरता दिइने  र अस्पतालहरुमा सेवा विस्तार गरी प्रभावकारी बनाउने तथा गर्भवति महिलालाई प्रसुति सेवाको लागी निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने साथै घरमै गई उत्तर प्रसुति सेवा दिइने छ 

२१३.          सरुवारोग, महामारी, प्राकृतिक प्रकोप तथा बिपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य एवम् पुनःस्थापनाको एकिकृत रुपमा व्यवस्थापन गर्न बजेट विनियोजन गरिने छ ।

२१४.          मर्यादित महिनावारी र सरसफाई लाई महिला मैत्रि र किशोरी मैत्री बनाई प्रभावकारी कार्यक्रम संचालन गर्न स्वास्थ्य  संस्थाबाट र विद्यालयबाट निशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिने व्यवस्था मिलाइने  छ ।

२१५.          नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न माथिल्लो निकाए सँग समन्वय गरि थप विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा  तथा एक विद्यालय एक स्वास्थ्य कर्मि कार्यक्रम संचालन गरिने छ ।

२१६.          गुणस्तरीय निदानात्मक स्वास्थ्य सेवा प्रवाहका लागी नगर भित्रका सबै स्वास्थ्य संस्थामा गुणस्तरीय E वर्गको ल्याव सेवाको विस्तार गर्ने नीति  लिइने  छ ।

२१७.          महिला स्वयम सेविकाहरुको सम्मान गर्ने, हौसला बढाउन र  निरन्तर प्रोत्साहन गर्ने कार्यक्रमहरु  जस्तै स्वेच्छिक अवकाश हुदा नगरवाट प्रोत्साहन भत्ताको व्यवस्था तथा यातायातको सुविधाको व्यवस्थापन गराईने छ। साथै म स्वा स्व सेविका संजाल लाई व्यवस्थित बनाई लक्षित कार्यक्रम संचालन गरिने  छ ।

२१८.          स्वास्थ्य विमा बारे समुदायमा निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्ने  र स्वास्थ्य विमामा नसमेटिएका  वर्ग र समूहहरुको पहिचान गरी विमामा आवद्ध गराउने व्यवस्था मिलाइने छ 

२१९.          नगरभित्रका स्वास्थ्य संस्था तथा खोपकेन्द्र ,गाउघर क्लिनिक लाई सुव्यवस्थित बनाई सेवालाई गुणस्तरिय बनाउन भौतिक पूर्वाधार, फर्निचर तथा आवश्यक औषधि उपकरण औजारको व्यवस्था मिलाइने  छ । स्वास्थ्य संस्थाबाट निशुल्क दिईने औषधि र आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन अटुट  रुपमा मिलाउने छ ।

२२०.          जेष्ठ नागरिक विपन्न नागरिकहरुको निशुल्क विमाको निशुल्क सेवा,जेष्ठ नागरिकहरुलाई स्वास्थ्य संस्था मार्फत घरमै गै निशुल्क स्वास्थ्य परिक्षणनगरभित्रका स्थायी वासिन्दाको आँखाको मोतिविन्दुको अपेरशनसाथै थारु समुदायमा सिकलसेल एनिमिया रोगको परिक्षण तथा उपचार गर्न थप प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२२१.           यस नगरपालिका अन्तरगतका विद्यालयहरुमा स्वास्थ्य तथा पोषण शिक्षा कार्यक्रम, कुपोषण पोशिलो खानाको प्रवर्धन, कुपोषित बालबालिका लाई सर्वोत्तम आहार, आयुवेर्दिक शिविर तथा जस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

२२२.         यस नगरपालिका अन्तरगत सञ्चालनमा रहेको नगर अस्पताललाई महिला तथा बाल अस्पतालको रुपमा सञ्चालन गरिनेछ ।नगरपालिका अन्तर्गत टाढा भएका वडाहरुमा विशेषज्ञ सहितको स्वस्थ्य शिवीर संचालन गर्ने ।

२२३.         यसनगरपालिका अन्तरगत मापदण्ड अनुसार नभएका स्वास्थ्य संस्थाको प्रथमकता अनुसार भवन निर्माण गर्ने तथा पुराना संरचनाको मर्मत संभार फर्निचर र औजार उपकरणको व्यवस्था मिलाउने ।

२२४.         स्वास्थ्यसेवालाईप्रभावकारीगराईनागरिकमासामाजिकसुरक्षाकोअनुभूतिगराउनज्येष्ठनागरिक,अतिविपन्नदीर्घरोगीकोएथार्तविवरणलिईनिश्चितमापदण्डतयारगरिनिशुल्कस्वास्थ्यविमाकार्यक्रमसंचालनमाल्याउने।साथैनगरक्षेत्रकाजेष्ठनागरिकतथागर्भवतीमहिलाकालागिनिशुल्कएम्बुलेन्ससेवासंचालनगरिनेछ।

२२५.        स्वास्थ्यसेवालाईप्रभावकारीगराईनागरिकमासामाजिकसुरक्षाकोअनुभूतिगराउनज्येष्ठनागरिक,अतिविपन्नदीर्घरोगीकोयथार्थविवरणलिईनिश्चितमापदण्डतयारगरिनिशुल्क`स्वास्थ्यविमाकार्यक्रमसंचालनमाल्याउने।साथैनगरक्षेत्रकाजेष्ठनागरिकतथागर्भवतीमहिलाकालागिनिशुल्कएम्बुलेन्ससेवासंचालनगरिनेछ ।

आदरणीय  नगरसभा सदस्य ज्यूहरु

अन्तमा,प्रस्तुत बजेट तथा कार्यक्रमहरूको  स्वीकृती र प्रभावकारी कार्यान्वयनका लागी यहांहरुकोसल्लाह र सुझावको खाचो सदैव रहने नै छ । यस सभा सम्पन्न गर्न विभिन्न चरणहरु पार गर्दै यस चरण सम्म आईपुग्नका लागी भूमीका खेल्नुहुने वडाध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्यूहरु विषयगत समिती प्रति हार्दिक धन्यवाद दिन चाहान्छु यस कार्यमा थप उर्जा प्रदान गर्नुहुने संघिय तथा प्रदेश संसद ज्यूहरु, पूर्व नगर प्रमुख ज्यूहरु, पूर्व जनप्रतिनिध ज्युहरु प्रति आभार व्यक्त गर्न चाहान्छु । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सवै प्रति कृतज्ञता व्यक्त गर्दै प्रशासनिक रुपमा सहयोग पुर्याउनु हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख ज्युहरु लगायत का अन्य कर्मचारीहरुलाई धन्यवाद दिन चाहान्छ् ।

 

 

                        ---------------धन्यवाद------------------------

 

 

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali